
तनहुँ । घिरिङ गाउँपालिकाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत पशु विकास कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालि अन्र्तगतको पशु सेवा विभागले सूचना प्रकाशित गरि कृषक, कृषि सहकारी, कृषि समुह, कृषि समितिलाई ७ दिन भित्र निवेदन पेश गर्न आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. बाख्रा बंगुर पालन प्रर्वद्धन कार्यक्रम (५० प्रतिशत अनुदान )
२. बाख्रा खोर सुधार कार्यक्रम सहकार्यमा
३. बंगुर खोर सुधार कार्यक्रम सहकार्यमा
४. युवा लक्षित कार्यक्रम (५० प्रतिशत अनुदान सहकार्यमा )
५. छनौट भएका बाख्रा फार्मलाई खोर सुधार कार्यक्रम
६. छनौट भएका बंगुर फार्मलाई खोर सुधार कार्यक्रम
७. व्यवसायीक फार्म सपोर्ट कार्यक्रम ( नश्ल सुधारमा ५० प्रतिशत अनुदान )
८. प्रजनन् बोका खरिद वितरण कार्यक्रम
थप जानकारीका लागि :
९८०७२५४९१५, ९८४६१८०८४७, ९८४६७०११३६
सूचना हेर्नुहोस :