ललितपुर। कृषि तथा पशुपन्छीं विकास मन्त्रालयको जिम्मेवारी घनश्याम भुषालले पाएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको २१ महिना पछि मन्त्रीमण्डल परिवर्तन गर्दा कृषि मन्त्री चक्रपाणी खनाल र राज्यमन्त्री रामकुमारी चौधरी दुवैलाई विदा गरिएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रीका रुपमा घनश्याम भूषालले विहीबार शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।