ललितपुर। सरकारले चालु आर्थिक वर्षको लागि धानको समर्थन मूल्य तोकेको छ । चालू आर्थिक बर्ष २०७६/७७ मा धानको न्यूनतम सर्मथन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा तोकेको हो ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बास्कोटाले धानको समर्थन मूल्य तोकिएको जानकारी दिए। मध्यम धानको समर्थन मूल्य २६ सय ७३ रुपैयाँ १६ पैसा तोकिएको छ । गतबर्ष सरकारले मोटा धानको सर्मथन मूल्य प्रतिक्विन्टल २३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको २४ सय ६० रुपैयाँ ५७ पैसा समर्थन मूल्य तोकिएको थियो ।