
चितवन। कृषि विकास शाखा रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत रहि कृषि फर्म, कृषि सहकारी, जल उपभोक्ता समुहलाई अनुदान वितरण गर्ने भएको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. मागमा आधारित कृषि सामाग्री खरिद कार्यक्रम , ५० प्रतिशत अनुदानमा
२. उपकरण सामाग्रीमा अनुदान कार्यक्रम , ५० प्रतिशत अनुदानमा
३. च्याउको पोका अनुदान कार्यक्रम , ५० प्रतिशत अनुदानमा
४. मागमा आधारित यान्त्रीकरण अन्य अनुदान कार्यक्रम , ५० प्रतिशत अनुदानमा
५. विपन्न कृषकलाई कृषि अनुदान कार्यक्रम , ५० प्रतिशत अनुदानमा
कृषि सामाग्री कार्यक्रम अन्र्तगत उपलब्ध हुने सामाग्रीहरु अथवा माग गर्न सकिने सामाग्री :
१. कृषि यन्त्र तथा उपकरण
२. उन्नत बीउ
३. स्प्रेयर
४. सीड वीन
५. प्लाष्टिक सिट
६. क्रेट तथा अन्य सामाग्री
मागमा आधारित यान्त्रीकरण अनुदान कार्यक्रम अन्र्तगत :
१. जोत्ने मेशिन
२. रोप्ने मेशिन
३. हार्भेष्टर
४. थ्रेसर मेसीन आदी