ललितपुर। अव नेपालमै पहिलो पटक तरकारी तथा फलफूलको बीउ एटीएमबाट खरिद गर्न सकिने भएको छ ।
सक्कल एग्रो एण्ड सिड ट्रेर्डसले ललितपुर महानगरको प्रांगणमा तरकारी तथा फलफूलको बीउ एटीएम राखेसंगैं किसानलाई चाहिएको बीउ पैसा राखी खरिद गर्न सकिने भएको हो ।

परिक्षणको लागि राखिएको उक्त एटीएमले सहज रुपमै काम गर्न थालेपछि अन्य स्थानमा पनि यसको शाखा विस्तार गर्ने सोच रहेको बीउ एटीएमका संचालक सक्कल थापाले जानकारी दिनुभयो ।

नेपाल सम्म मेसिन ल्याउन करिव नौ लाख खर्च भएको थापाको भनाई छ । अहिले बीउ एटीएममा करिव ३६ किसीमका तरकारी तथा फलफूलका बीउ राखिएको छ ।

ललितपुर महानगरपालिकाको सहकार्यमा संचालित बीउ एटीएमकार्यक्रम प्रभावकारी भएको ललितपुर महानगरपालिकाका कृषि शाखा प्रमुख केशव अधिकारीले बताउनुभयो । उहाँका अनुशार बीउ एटीएम कार्यक्रम संचालनमा आएसंगैं सफा तरकारी आपूर्ति, घरको फोहोर घरमै व्यवस्थापन र चाहेको बीउ क्रतुअनुसार उपलब्ध गराउन सकिने छ ।

२०, ५०, १०० र ५०० का नोट मेसिनमा राखेपछि आव्श्यकता अनुसारको बीबिजन खरिद गर्न सकिने छ।

एटीएममा तरकारीका सिमी, बोडी,तितेकरेला, काँक्रो, राय,चम्सुर, पालुँगो , फर्सी, लौका, घिरौंला, गोलभेंडा, काउली, कुरिलो, मुला, बन्दा, अकबरे, भेडे खुसार्नी आदीका बीउ रहेका छन् । त्यसैगरी सिजनअनुसारका सयपत्री , मखमली, सूर्यमुखी, सुपारी लगाएका बीउ राखिएको छ ।