ललितपुर। काठमाडौंमा तरकारीको मूल्य दिनानुदिन बढ्दै गएको छ। आफैंले उत्पादन गरेको तरकारी भन्दा पनि आयातको तरकारीको मूल्य आकाशिदै गएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मातहतमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक गर्ने गरेको अपडेट अनुसार एक हप्तामै तरकारीको मूल्य ह्वात्तै बढेको छ।

गत हप्ता शुक्रबारको तुलनामा यो हप्ता तरकारीको मूल्य बृद्धिदर ७७.०७ प्रतिशतले बढेको छ। सबैभन्दा बढी मटरकोसाको मूल्य बृद्धि भएको छ। गत शुक्रबार (थोक) ४३ रुपैयाँ प्रति केजीमा कारोबार भैरहेको थियो भने यो शुक्रबार बढेर ८१.०४ प्रतिशतले बृद्धि भएको छ। आइतबार हरियो खुर्सानीको प्रतिकेजी ७८ रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै सेतो मुला एक हप्तामै ६५.२२ प्रतिशतले बृद्धि भएको छ। गत शुक्रबार (थोक) २३ रुपैयाँमा कारोबार भैरहेको थियो भने यो हप्ता ३८ रुपैयाँमा कारोबार भैरहेको छ। सानो गोलभेडा पनि हप्तादिनमै ५८.९७ प्रतिशतले बुद्धि भएको छ। अघिल्लो हप्तामा सानो गोलभेडाको मूल्य प्रतिकेजी ३९ रुपैयाँ थियो भने यो हप्ता प्रतिकेजी ६२ रुपैयाँ पुगेको छ।

त्यस्तै ब्रोकाउली पनि एक हप्तामै ५२ दशमलव ०८ प्रतिशतले मूल्य बृद्धि भएको छ। गत हप्ता ४८ रुपैयाँमा कारोबार भैरहेको ब्रोकाउलीको यो हप्ता ७३ रुपैयाँ पुगेको छ। ठूलो गोलभेडा पनि हप्ता दिनमै ४४ दशमलव ६८ प्रतिशतले बृद्धि भएको छ। गत शुक्रबार ४४ रुपैयाँ प्रतिकेजीमा कारोबार भैरहेको ठूलो गोलभेडाको यो हप्ता ६८ रुपैंयाँ पुगेको छ ।

हप्ता दिनमा तरकारीको मूल्य यथावत रहेको भण्टा लाम्चो, भण्टा डल्लो, पाकेको फर्सी, तामा, तोफू, गुन्द्रुक, तरभुजा, मौसम, लसुन सुकेको चाइनिज, लसुन सुकेको नेपाली र माछा ताजाको मूल्य गतहप्ताको जस्तै कारोबार भैरहेको छ।

त्यस्तै तरकारीको साप्ताहिक तथ्याङक अनुसार केही तरकारीको मूल्य घटेको पनि छ। गत शुक्रबार भिण्डीको मूल्य ७७ रुपैयाँ प्रतिकेजी कारोबार भैरहेको थियो भने यो हप्ता ४८ मा झरेको छ। एक हप्तामा ३७ दशमलव ६६ प्रतिशतले घटेको छ। त्यस्तै लौकाको पनि ४३ दशमलव १० प्रतिशतले मूल्य घटेको छ।

गत शुक्रबार ५८ प्रतिकेजीमा कारोबार भैरहेको थियो भने यो हप्ता ३३ रुपैयाँमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

करिव ७० प्रकारका फलफूल तथा तरकारीको बिक्री कारोबार हुने कालीमाटी तरकारी बजारमा अधिकाशं सामानको मुल्य एकैदिनमा बढेको छ।