गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकाले कृषकलाई आकर्षित गर्ने कृषि रणनीति सार्वजनिक गरेको छ । रणनीतिले कृषि आधुनिकीकरणका लागि नयाँ योजना तय गरेको छ ।

मुसिकोट नगरपालिकाले युवाहरुलाई कृषिमा आकर्षित गर्न सीप, प्रविधि, अनुदान र क्रृण भन्ने अभियान संचालन गरेको छ । जस अन्तरगत एक सय कफीका बिरुरो रोप्ने कृषकलाई दश हजार अनुदान दिने व्यावस्था नगरपालिकाले गरेको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।

‘कृषकहरुलाई विभिन्न तालिम भैरहेका छन्, पहिले हामी सीप सिकाउँछौ त्यस पछि प्रविधी तथा अनुदान दिने र आवश्यक परे ऋण दिन्छौ । यस्तै नगरपालिकाले कृषी औजार खरिद गर्दा ५० प्रतिशत अनुदान दिने व्यावस्था गरेको छ । व्यावसायीक किसानहरुलाई हाते ट्याक्टर बितरण, करेसाबारी कार्यक्रम अन्तरगत किसानलाई मल बिउमा अनुदान, गाई भैसीमा कृतिम गर्भाधानको व्यावस्था शुरु गरेको मेयर सापकोटाले बताए ।

मुसिकोट नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले शपथ खाएको सय दिन भित्रमा नगरपालिका लाइ उज्यालो नगरपालिका घोषणा गर्ने पहिलो प्रतिबद्धता जनाएका थिए । काम सकिए पनि प्रदेश र प्रतिनिधि सभाको चुनावको आचारसंहिताले घोषणा गर्न नसकिएको मेयर सापकोटाले बताए ।

स्थानीय तहको निर्वाचन अघि मुसिकोट नगरपालिकाका तीन सय ९९ घर धुरी अध्याँरोमा थिए । उनले केन्द्रिय, सामुदायिक तथा लघु जलबिद्युत र सोलार मार्फत ती सवै घरहरुमा उज्यालो पु¥याउने काम गरिएको बताए । स्वय लाभग्राहि परिवारहरुले नै कुनै सक्रियता नदेखाएका कारण नगन्य घरहरुमा प्राविधिक काम मात्र बाँकी रहेको सापकोटाले बताए । अव नगरपालिकाका कुनै पनि घर अध्याँरोमा नरहेको बताए ।