एजेन्सी। कहिले काँही संसारको कुना काप्चामा पत्याउनै नसकिने घटनाहरु हुने गर्छ । यस्तै नयाँ घटना बाहिर आएको छ । भारतको इंदौंरमा तरकारी व्यवसायीहरुले गोलभेडालाई चोरबाट जोगाउन बन्दुकसहितको सुरक्षा गार्ड परिचालन गरेका छन् ।

भारतको मुम्वईमा चोरहरुको एक समूहले एउटा तरकारी पसलबाट ३ सय किलो गोलभेडा चोरी गरेपछि इंदौंरका व्यवसायीहरुले चोरबाट गोलभेडाको सुरक्षा गर्न बन्दुकसहितको गार्डलाई खटाएका हुन् । उत्पादनमा कमी आउँदा यो बर्ष इंदौंरमा प्याजको मूल्य ६० रुपैयाँ भारतीय रुपैयाँबाट सय रुपैयाँ पुगेको छ । यति धेरै महँगो गोलभेडा चोरले चोरी गर्न सक्ने त्रासका कारण इंदौरको चोइथराम मण्डीका व्यवसायीहरुले बन्दुक बोकेको सुरक्षाकर्मी तरकारी पसल वरिपरी परिचालन गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुई महिनाअघि उक्त मण्डीमा ६ देखि सात हजार क्यारेट गोलभेडा दैनिक रुपमा भित्रिने गरेको थियो । तर आजभोली एक हजार दुई सय क्यारेटको हाराहारीमा मात्रै गोलभेडा उक्त मण्डीमा भित्रिने गर्छ ।