समाज

निशुल्क हिउँदे घाँसको विउ वितरण गर्दै भिमाद नगरपालिका

तनहुँ । भिमाद नगरपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत पशु पालन गर्दै आएका किसानलाई हिउँदे घाँसको बिउ वितरण गर्ने भएको छ । यसका लागि पशुसेवा शाखा भिमादले नगरपालिका भित्रका किसानलाई सम्पर्क गर्न आव्हान गरेको छ ।

सिङ्गो गाउँ व्यावसायिक कृषिमा

गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलको सिङ्गो गाउँ व्यावसायिक कृषिमा संलग्न भएको छ । बाख्रापालन तथा गोलभेंडा, काउली, सिमीलगायतका तरकारी खेतीमा सिङ्गो गाउँ नै क्रियाशील रहेको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित ‘स्मार्ट कृषि गाउँ कार्यक्रम समूह’ अन्तर्गत यहाँका किसान व्यावसायिक कृषिमा आवद्ध भएका हुन् […]

बाजुराको कागती काठमाडौं आउँदैं

बाजुरा। बाजुराको कागती काठमाडौँ पुग्ने भएको छ। बाजुराको अग्र्यानिक कागती पहिलोपटक ९० केजी रूपैयाँका दरले १० क्विन्टल काठमाडौँ पुग्ने भएको हो। गोलपान एग्रो कम्पनीमार्फत बजारीकरण हुने कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख गोविन्द्र सिजापतिले बताए। अहिले पहिलोपटक १०० क्विन्टल मात्र कम्पनीसँग सम्झौता भएको उनको भनाइ छ। पहिलोपटकको सम्झौताअनुसार कागती खपत भए अर्को पटक जिल्लाभरिको कागती खपत […]

माछापुछ्रे गाउँपालिकामा ‘एक परिवार एक करेसाबारी’ अभियान सुरु

कास्की। कास्कीको माछापुछ्रे गाउँपालिकाको एउटा वडाले तरकारीमा आत्मनिर्भर हुने योजना अघि सारेको छ । पर्यटकीय गाउँको रुपमा विकास हुँदै गरेको वडा नं ९ मा एक ‘परिवार एक करेसाबारी अभियान’ मार्फत प्रत्येक घरधुरीले तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको छ । प्रसिद्ध माछापुछ्रोको नमूना पदयात्रा मार्गको प्रस्थान विन्दुको रुपमा रहेको वडामा वर्षेनी स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या […]

देविस्थानका कृषकलाई प्लास्टिक टनेल वितरण

फलेवास। पर्वत फलेवास नगरपालिका ६ देविस्थानका कृषकहरुलाई प्लास्टिक टनेल विप्लास्टिक गरिएको छ । फलेवास नगरपालिकाको सहयोगमा देविस्थानका ८० जना कृषकहरुलाई निशुल्क प्लास्टिक टनेल वितरण गरिएको वडा अध्यक्ष भोलानाथ भुसालले जानकारी दिए । पहिला किसानलाई टनेल घर बनाउन लगाई कृषि शाखा प्रमुख र जनप्रतिनिधिको अनुगमन पश्चात टनेल घर बनाएका सबै किसानलाई प्लास्टिक वितरण गरिएको हो । […]

‘थारु आलु’ पकेट क्षेत्र विस्तार गरिदैं, अनुदानको लागि ३० लाख तयार

कैलाली। कैलाली र कञ्चनपुरमा ‘थारु आलु’ पकेट क्षेत्र विस्तारका लागि चालु आर्थिक वर्षमा किसानलाई रु. ३० लाख अनुदान वितरण गरिने भएको छ । थारु आलु विस्तार गर्न यहाँका व्यावसायिक किसान छनोट गरी खेतीका लागि अनुदान उपलब्ध गराइने कृषि ज्ञान केन्द्र भीमदत्तनगरले जनाएको छ। थारु आलु पकेट क्षेत्रको अनुदानका लागि कैलाली र कञ्चनपुरबाट १६४ आवेदक किसानको […]

पिसाब बेचौँ, पैसा कमाउँ

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने नयाँ तरिका अपनाएको हो […]

प्रदेश ३ को ११ स्थानमा शीतभण्डार बन्दै

हेटौंडा। प्रदेश ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको ११ स्थानमा फलफूल तथा तरकारी राख्नका लागि शीतभण्डार स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ। स्थानीय तह तथा कृषि सहकारी एवं कृषिसँग सम्बन्धित सङ्घसस्थाको साझेदारीमा प्रदेशको ११ स्थानमा आठ हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया अगाडि बढेको हो। कृषि मन्त्रालयका अनुसार ४५ करोड खर्च […]

असिनाले धानबालीमा क्षति

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ । असिनाका कारण रू. ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका–२, ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले बताए । बडादशैंका दिन मंगलवार अपराह्न २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, तमाने, विमिराबोट, फापरखेतलगायत […]

बाँके र बर्दियाबाट पाँच हजार खसीबोका काठमाडौं आउँदै

ललितपुर। बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका […]