समाज

वर्षाले कर्णालीमा रोपाइँको सुरसार

सुर्खेत। ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् । लामो खडेरीका कारण रोपाइँको सुरसार गर्न नपाएका कर्णालीका किसान गएरातिदेखि निरन्तर वर्षा हुँदा खेतबारीमा ब्यस्त हुन थालेका छन् । गत वर्ष यतिबेला कर्णालीका अधिकांश किसानले रोपाइँ सकिसकेका थिए । यस वर्ष पानी नपर्दा सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले अझै पनि […]

बर्डफ्लु पीडित कृषकलाई साढे ४ करोड क्षतिपूर्ति दिइने

हेटौंडा। जिल्ला प्रशासन कार्यालयको सक्रियतामा शुक्रवार बसेको सर्वपक्षीय बैठकले मकवानपुरका बर्डफ्लु रोगबाट पीडित भएका कृषकलाई राहतस्वरुप अनुदान रकम वितरण गर्ने निर्णय गरेको छ । पशुसेवा विभाग काठमाडौंबाट कृषकलाई यही असार ९ गते हेटौंडामा अनुदान रकम वितरण गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उनका अनुसार मकवानपुरका ५४ कृषकलाई राहतस्वरुप क्षतिपूर्तिबापत ४ करोड ४२ […]

यार्सागुम्बाको उत्पादन घट्दो

ललितपुर। बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा संकलनका क्रममा यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको यार्सागुम्बा संकलन गर्न स्थानीय जनता ज्यानै जोखिममा राखेर त्यसतर्फ जाने गरेका छन् । यार्सा एक प्रकारको हेपियालिडिइ परिवारको लेपिडोप्टेरा वर्गमा पर्ने लार्भा संक्रमित भएर उम्रने […]

अनुदानको सट्टा सहुलियत ब्याजदरमा पुशपालन ऋण

मेलम्ची। सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिकाले पशुपालन गर्न चाहने किसानलाई एक प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । रकम परिचालनको लागि कार्यविधि बनाएर कार्यपालिका बैठकले अनुमोदनसमेत गरिसकेको लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताए । “पशुपालन शीर्षकको रकम अनुदानको रुपमा बाँड्दा धेरै कमजोरीहरु देखिए”, अध्यक्ष नेपालले भने, “त्यसैले अनुदान दिने व्यवस्था बन्द गरी सहुलियत ब्याजदरमा ऋण लगानी […]

चरण क्षेत्रको अभाबमा, धरासायी बन्दै भेडा ब्यबसाय

दार्चुला, भेडाबाख्रा चराउन जिल्लामा चरन क्षेत्र घट्दै गएपछि भेडाबाख्रा व्यवसायी समस्यामा परेका छन् । वर्षौंदेखि भेडापालन व्यवसाय गर्दै आएका भेडापालक कृषक वन जङ्गल चरिचरन क्षेत्र अभावमा पेशाबाटै पलायन हुने अवस्थामा पुगेका हुन् । “भेडाबाख्रा चराउन वन जङ्गल छैन । गाउँ घरमा रहेका साना वनमा वर्षभरि चराउने सकिने अवस्था नभएपछि समस्यामा छौँ,” महाकाली नगरपालिका–६ का भेडा […]

फस्टाउँदै सामूहिक कृषि व्यवसाय

बेझाड। प्रदेश नं. ५ सरकारले सामूहिक रुपमा कृषि व्यवसाय गर्न रामपुरका दुई सहकारीलाई अनुदान सहयोग प्रदान गरेको छ । अनुदान सहयोग प्राप्त गर्नेमा कृषि सहकारी र समृद्धि बहुउद्देश्यीय कृषि सहकारी संस्था रहेका छन् । दुबै सहकारीले रु छ÷छ लाख अनुदान सहयोग प्राप्त गरेका छन् । उक्त सहयोग रकमबाट समृद्धि बहुउद्देश्यीय कृषि सहकारीले रामपुर नगरपालिका–३ स्थित […]

बजेट लगे, बिरुवा हुर्काएनन्

चितवन। डिभिजन वन कार्यालयलाई बिरुवा हुर्काउन पठाइने बजेट स्थानीय तहमा गएपछि वनमा बिरुवा कम हुर्किएका छन् । स्थानीय तहले भने बजेट लिएर पनि बिरुवा हुर्काउने काम गरेका छैनन् । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यस वर्ष वृक्ष सुधार कार्यक्रमअन्तर्गत ७० हजार बिरुवा मात्र हुर्किएका छन् । आपूर्ति समितिले एक लाख बिरुवा […]

जंगली च्याउ खाँदा २ जनाको मृत्यु, ९ गम्भीर

पाल्पा। पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निस्दी गाउँपालिका–३ का ९ वर्षीया निर्मला सिंह ठकुरी र सोही ठाउँका ४ वर्षीय विष्णु सिं ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए। उनका अनुसार अन्य ९ जना गम्भीर बिरामी परेका छन्। विरामी पर्नेमा सोही ठाउँका ४५ वर्षीय […]

गर्मी छल्न १० हजार रुख रोप्ने तयारी

बाँके। शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले नेपालगन्जको चर्को गर्मी छल्न १० हजार ठूला रुख रोप्ने तयारी भइरहेको बताएका छन् । आज नेपालगञ्जमा आयोजित एक कार्यक्रममा उनले १० हजार ठूला रुख रोप्ने योजना सार्वजनिक गरेका हुन् । उनले भने, “असाध्यै गर्मी हुने नेपालगञ्जमा हराभरा नभई नहुने रहेछ, देशकै सबैभन्दा धेरै गर्मी हुने शहरका रुपमा रहेको […]

धानको सट्टा सुन्तला

गलकोट। विस २०५८ मा कोदो, मकै फल्ने बारी मासेर छोराले सुन्तलाका बिरुवा रोप्दा खेतीपाती मास्नु हुँदैन भनेर गाली गर्ने काठेखोला गाउँपालिका–६ बिहुँका ९० वर्षीय नरिश्वर कँडेलको धारणा अहिले परिवर्तन भएको छ । अन्नबाली खाने बारी मासेर सुन्तला लगाएर के खाने सुन्तला मात्र खाएर भएन भन्ने नरिश्वर कँडेलले अहिले आफ्ना तीन छोरालाई बारी मात्र हैन धान […]