समाज

विद्यार्थीको पीडा : अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन !

जाजरकोट। नलगाड नगरपालिका–८ की लक्ष्मी केसीको समय दैनिक बिहानबेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । उहाँ अहिले कक्षा १० मा हुनुहुन्छ । शहरबजारमा अनलाइनबाट कक्षा लिएको कुरा फोनमा थाहा पाएपछि उहाँको मन भक्कानिएर आउँछ तर लक्ष्मीको घरमा मोबाइल चार्ज गर्नेसम्मको विद्युत् छैन । गाउँमा सोलारबाट चार्ज गरेर ल्याएको मोबाइलमार्फत साथीहरूलाई फोन गरेर पढाइका […]

महामारीले प्रभावित कृषकलाई राहत प्रदानका लागि अध्ययन गर्न मन्त्री अर्यालको निर्देशन

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबै खालका सुरक्षा मापदण्ड अपनाएर कृषकहरुका समस्या समाधान गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छन्। वैशाख ३१ गते नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रीका रुपमा पुन : नियुक्त भएसँगै मन्त्रालयमा आइतबार विभागीय प्रमुखहरुसँग छलफल गर्दै मन्त्री […]

विषादीरहित प्राङ्गारिक उत्पादनको बजारीकरण अभियान घोषणा

भरतपुर। चितवनमा विषादीरहित प्राङ्गारिक उत्पादनको पहिचान सहितको बजारीकरण अभियानको घोषणा गरिएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र चितवन र जिल्ला प्राङ्गारिक सङ्घ चितवनले अभियानको घोषणा गरेका हुन । कार्यक्रममा प्राङ्गारिक उत्पादनको लोगोसमेत सार्वजनिक गरिएको छ । अबदेखि एउटै लोगोमा जिल्लामा उत्पादन भएको अर्गानिक बस्तु बजारमा जानेछ । जसले गर्दा उपभाक्तालाई उपभोग्य बस्तु […]

दूधमा अनुदान पाएपछि उत्पादन बढाउँदै किसान

वालिङ। नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिएपछि किसानले उत्पादन बढाउँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्रका विभिन्न दुग्ध सङ्कलन केन्द्रमा नेपाल सरकारको दुग्ध विकास संस्थानले तोकेको मूल्यमा दूध उपलब्ध गराउने किसानलाई प्रतिलिटर रु. १५ उपलब्ध गराउँदै आएको गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले बताए । गल्याङ नगरपालिकालाई ‘सेतो शहर’ का रुपमा विकास गर्ने उद्देश्यले […]

कृषिक्रान्तिका लागि प्रभावकारी योजना बनाउँदै मकवानपुरगढी

बागमती। मकवानपुरगढी गाउँपालिकाले कृषिमार्फत नागरिकलाई समृद्ध बनाउन आकर्षक कृषि योजना बनाएर कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले कृषि क्षेत्रको बजेटलाई समेत वृद्धि गरेर गत वर्षको तुलनामा दोब्बर बनाएको छ । किसान क्रेडिट कार्डको कार्यान्वयन, बसाइँ सरी यस पालिकामा आएर कृषि गर्नेलाई प्रोत्साहन अनुदान, एक वडा एक कृषि तथा पशु प्राविधिकको व्यवस्थापन (प्राविधिक सेवा टेवा), कृषि पकेट […]

ग्राहक नआएपछि बारीमै अदुवा

तनहुँ। तनहुँका किसानले उत्पादन गरेका अदुवा बारीमा नै थन्किन थालेका छन् । अदुवा किन्ने व्यापारी नआएपछि उनीहरु चिन्तित हुन थालेका हुन् । उत्पादित अदुवाको मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरीद गर्न नआउँदा बिक्री गर्न समस्या परेको जनाइएको छ । गत वर्षको तुलनामा यस वर्ष धेरै सस्तोमा बिक्री गर्नुपरेको किसानको दःुखेसो रहेको छ । […]

अदुवा बिक्री नहुँदा तनहुँका कृषक चिन्तामा

तनहुँ। मूल्य नपाउँदा तनहुँका कृषकहरुको अदुवा बारीमै रहेको छ । बिक्री गरेर यतिबेला नगद गोजीमा राख्नु पर्ने समय सम्म ग्राहक नआएपछि कृषक चिन्तामा परेका छन् । यहाँ उत्पादित अदुवाको मूख्य बजार भारत भएको र व्यापारीहरु खरीद गर्न नआएकोले बिक्री गर्न समस्या परेको कृषकहरुले बताएका छन् । भिमाद नगरपालिका–४ का तुलबहादुर थापाले गतवर्ष भन्दा आधा सस्तोमा […]

पूर्वशिक्षकको रहरलाग्दो कृषि कर्म

बागलुङ। कुनैताका कक्षाकोठामा ‘कखरा’ सिकाउने मित्र खरेलको दैनिकी हिजोआज घरगोठ र खेतबारी चहार्दैमा बित्छ । उनी कहिले तोरीबारी छेउछाउ मौरी त कहिले कागतीका बोट स्याहारिरहेको हुन्छन् । गलकोट नगरपालिका–९ मल्म, छिसका ४९ वर्षीय खरेलले गरेको कृषि कर्म रहरलाग्दो छ । सात वर्षअघि शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि बाख्रापालनमा लागेका खरेल अहिले मौरीपालन र कागती खेतीमा रमाइरहेका […]

बाँझो जमिनमा फलफूल बगैँचा निर्माण गर्दै खोटेहाङ गाउँपालिका

खोटाङ। खोटेहाङ गाउँपालिकाले बाँझो जमिनमा फलफूल बगैँचा खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा युवाशक्ति विदेशिनुका साथै बसाइँसराइका कारण बाँझिएको खेतीयोग्य जमिन पुनः उपयोगमा ल्याएर गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ गाउँपालिकाले व्यावसायिक फलफूल बगैँचाका लागि अनुदान दिने भएको हो । बाँझिदै गएको जग्गालाई पुनः प्रयोगमा ल्याउन आगामी फागुन ३ गतेभित्र मागमा […]

कृषकको उत्पादन सहकारीमार्फत बजारमा

रुकुम। रुकुम पूर्व को भूमे गाउँपालिकामा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले कृषकको उत्पादनलाई जिल्ला बाहिर पठाउन थालेको छ । विसं २०७५ मा स्थापना भएको यस सहकारीले कृषि सङ्कलन केन्द्रमार्फत कृषि उपजलाई सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्न थालेको हो । सहकारीले यसै वर्षबाट भूमे गाउँपालिकासँग समन्वय गरी सञ्चालनमा ल्याएको सङ्कलन केन्द्रले कृषकलाई सहज बनाएको छ […]