समाज

भारतबाट आउने पशुपंक्षीजन्य उत्पादन रोक्न माग

चितवन। भारतीय सीमावर्ती क्षेत्रबाट सहज रुपमा पंक्षीजन्य पदार्थहरु नेपाल भित्रिने गरेकाले यसको नियन्त्रण गर्न व्यवसायीहरुले माग गरेका छन् । भारतीय सीमा जोडिएका पूर्वी तराई तथा पश्चिम तराईका जिल्लाहरुबाट कुखुराजन्य उत्पादनहरु सहज रुपमा नेपाल भित्रिदा यसले विभिन्न रोगको संक्रमण बढाउन सक्ने व्यवसायीहरुले बताएका हुन् । भरतपुरमा आयोजना गरिएको पशु क्वारेनटाइन समन्वयबारे अन्तरक्रिया गोष्ठीमा पोल्ट्री व्यवसायी मञ्चका […]

विषादी हालिएको भारतीय आँप नेपाली बजारमा

रौतहट। जिल्लाको विभिन्न गाउँका बगैंचामा आँप लटरम्मै फलेको छ । स्थानीय आँप पाक्न अझै महिना जति लाग्छ । तर, अहिले बजारमा औषधि प्रयोग गरी पकाइएका भारतीय आँप जताततै बिक्री भइरहेको छ । चन्द्रनिगाहपुर, गरुडा, गौरकटहरिया, समनपुरलगायतका बजारमा आँप बिक्री भइरहेको हो । नेपाली बजारमा स्थानीय आँप बिक्री गर्ने बेला नभएको फलफूल व्यवसायी रामसुरत साहले बताए […]

तरकारी र माछा जोन कार्यक्रम स्वीकृत

कपिलवस्तु । कपिलवस्तुमा धानको सुपर जोन तथा तरकारी र माछाको जोन कार्यक्रम स्वीकृत भएको छ । कृषि भूमि व्यवस्थापन र सहकारी मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उक्त तीन कार्यक्रम स्वीकृत गरेको हो । यसअघि जिल्लामा धान र तरकारी जोन कार्यक्रम स्वीकृत भई अघि बढाइएको थियो । सुपर जोनमा १ हजार हेक्टर क्षेत्रमा र जोनमा ५ […]

बाँके र बर्दियामा नक्कली मकै बीउको बिगबिगी

नेपालगञ्ज । बाँके र बर्दिया जिल्लामा यस वर्ष मकै उत्पादनमा कमी आउने देखिएको छ । दुवै जिल्लाका अधिकांश किसानले लगाएको यस सिजनको मकै भारतीय गुणस्तरहीन बीउ ल्याएर प्रयोग गरेका कारण मकै उत्पादनमा कमी आउने बताइएको छ । बाँके र बर्दियाका विभिन्न स्थानमा लगाइएको मकैमा यस पटक मकैको घोगा राम्रोसँग नआएको, मकै सानो तथा कम दाना भएको […]

अलैँची कृषकलाई विद्युतीय भट्टी

बेँसीशहर। लमजुङका अलैँची कृषकले विद्युतीय अलैँची भट्टी पाएका छन्। अलैँची व्यवसायी महासंघको पहलमा अत्याधुनिक प्रविधिसहितको पाँचवटा विद्युतीय अलैँची भट्टी ल्याइएको हो। नेपाल हब्र्स तथा हर्बल उत्पादन संघको ८० प्रतिशत अनुदानमा ल्याइएको सो भट्टी विद्युत् र सौर्य ऊर्जाबाट समेत प्रयोग गर्न सकिने अत्याधुनिक प्रविधिको रहेको छ। सम्भवत् विद्युतीय अलैँची भट्टी नेपालमै पहिलोपटक भित्रिएको जिल्लास्थित अलैँची व्यवसायी […]

अछाममा खानेपानीको अभाव चुलिँदो

अछाम। गर्मीयामसँगै अछामका विभिन्न ठाउँमा खानेपानीको अभाव चुलिएको छ । जिल्लाका विभिन्न बजार क्षेत्रदेखि गाउँघरमा खानेपानीको संकट भइरहेको हो । सदाबहार पानीको समस्या भइरहने कमलबजार, ठूलासैन बजार, रामारोशन -७ सुतार, मंगलसेन-१ कुन्ती बण्डाली, साँफेबगर-७ ककरसाँतलगायत विभिन्न गाउँटोलमा पनि खानेपानीको समस्या भइरहेको स्थानीयले बताएका छन् । खानेपानीको अभाव चुलिँदा बजार क्षेत्रका व्यापारी व्यवसायीले गाडीमा र मान्छेलगायत […]

दुर्छिममा मकै बीउ बिजन केन्द्र बन्ने

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम साल्तेम्मामा मकै बीउ बिजन केन्द्र स्थापना हुने भएको छ ।मकै तथा मकैको बीउ भण्डारण र वितरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङको आर्थिक सहयोगमा मकै बीउ केनद्र स्थापना हुन लागको हो । यसै आर्थिक वर्षभित्र निर्माण हुने बीउ केन्द्रको भवन हलेसी तुवाचुङ नगरपालिकाका मेयर […]

खाद्य संस्थानमा चामल अभाव

भोजपुर। खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ। दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताए। यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने चामल दुई महिना अगाडिदेखि नै सकिएको प्रमुख भण्डारीको भनाइ छ। जिल्लामा यस वर्ष ५०० क्विन्टलको लागि बोलपत्रको आह्वान भइसकेको छ। टेण्डर प्रक्रियामा […]

चिनीमा यूरिया मिसाएको पुष्टि भएपछि व्यवसायीविरुद्ध मुद्धा दर्ता

खोटाङ। यूरिया मिसिएको चिनी बिक्री गरेको उजुरी परेपछि खोटाङको दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेविरुद्ध मुद्धा दर्ता भएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरेको हो । पाण्डे भेराइटिज विरुद्ध कालोबजारी तथा केही […]

कालिकोटमा खाद्यन्न संकट

कालिकोट। पाकेर भित्र्याउने बेलाको गहुँ र जौ बाली असनिापानीले सखाप भएपछि कृषकहरु भोकमरी निम्तिने चिन्तामा परेका छन् । जिल्लाका खँडाचक्र नगरपापालिका,सान्नीत्रीवेणी,नरहरीनाथ गाउपालिका लगाएतमा पाकेर काट्ने बेला भएको गहुँ असिनापानीले सोत्तर पारेपछि खाद्यन्न  संकट हुने भएको हो । जिल्लाको विभिन्न गाउपालिकावाट पठाएको क्षती विवरण अनुसार एउटा स्थानीय तहमा मात्र ९ सय २७ हेक्टरमा लगाएको तरकारी, ४ […]