समाचार

उखु किसानद्वारा आन्दोलनको घोषणा

नवलपरासी। हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् । चिनी उद्योगले एक साताभित्र भुक्तानी शुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो । भुक्तानीको विषयलाई लिएर सधैँ आन्दोलन गर्न बाध्य किसान अब यसपटक पनि एक साताभित्र […]

बिसादीको असर माछामा पनी

दमौली । तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो । घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उहाँ खाली हात फर्किनुपरेन । दिनमा १० किलोसम्म माछा मारेर बिक्री गर्नुभएका उहाँलाई आजभोलि दिनमा एक/दुई किलो माछा मार्न पनि मुस्किल छ । साँगेखोलामा माछा मार्न जाल हानिरहेका बेला भेटिनुभएका थापाले आजभोलि […]

नेपाली रैथाने धान हराउंदै

सिरहा । तराई–मधेशमा भोजभतेर, चाडपर्व र पाहुनालाई सम्मानस्वरुप अहिले पनि चननचुर, बास्मती, करियाकामत, नाजिर र कनकजीर चामलको भात खुवाउने प्रचलन कायमै भए पनि उचित संरक्षणको आभावमा यी जातका धान लोप हुने अवस्थामा पुगेका छन् । अठार वर्षअघि मिथिला समाजमा त्यसरी स्वागत सत्कारका लागि आफ्नै उत्पादन प्रयोग गरिन्थ्यो तर अहिले विदेशबाट आयातित चामल प्रयोग गर्ने गरिन्छ […]

तरकारी खेतीबाटै दुई करोड बढीको सम्पत्ति

पर्वत। व्यवसायिक कृषिमा युवाको आकर्षण बढेको छ । एक मुरी धान फल्ने खेतको आम्दानीले वर्षभरि खान पुग्छ । बाँकी खेतको आम्दानी बचत हुन्छ । जलजला–७ धाइरिङका एकनारायण पौडेल व्यावसायिक तरकारीबाट मात्रै वार्षिक रु. १२ लाख जति आम्दानी गर्दै आउनुभएको छ । करीब अढाइ दशकदेखि तरकारीमा लाग्नुभएका एकनारायणले तरकारीबाट जोडेको सम्पत्ति मात्रै दुई करोडभन्दा बढी पुगेको […]

प्रतिबोट ५० हजार सम्म आम्दानी गर्न सकिने एभोकाडो खेती गर्ने तरिका

एभोकाडो फल मानव स्वास्थ्यको लागी पोषणयुक्त तथा फाइदाजनक फल हो । यसको स्वाद घ्यू जस्तै हुने हुनाले यस फललाई नेपालीमा घ्यूफल पनि भन्ने गरिन्छ । विदेशी भुमीमा धेरै बर्ष पहिले देखी यसको व्यवसायीक खेती भएता पनि नेपालमा भने यसले खासै नेपाली किसान माझ परिचित हुन सकेको छैन तर हालका वर्षहरुमा नेपाली उपभोक्तामा परिचित हुदै छ […]

भैँसीलाई बेमौसममा गर्भाधान गराउँदै विश्वविद्यालयका वैज्ञानिक

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले निजी क्षेत्रमा पालिएका भैँसीलाई बेमौसममा गर्भाधान गराउनका लागि काम शुरु गरेका छन्। रामपुरमा रहेको आफ्नै फारममा यसमा सफलता मिलेपछि भरतपुर र माडीका कृषकले पालेका भैँसीमा अनुसन्धान थालिएको हो। वैज्ञानिकहरुले चैत, वैशाख, जेठ र असार महीनामा कमै सङ्ख्यामा भैँसी ब्याउने भएकाले ती समयमा पनि लैना भैँसी तयार गर्ने […]

प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाइने

लहान। प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाउने गरी नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको बताउनुभएको छ । आँप उत्पादनको दृष्टिकोणले अग्रणी मानिने सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर कुशहामा शुरु भएको राष्ट्रिय आँप महोत्सव २०७६ को उद्घाटन कार्यक्रममा मन्त्री साहले प्रदेश नं २ लाई […]

वाली तथा पशुपंक्षी विमा गर्ने कम्पनी र सम्पर्क नम्बर

ललितपुर। खाद्यान्न र पशुपक्षीको विमा गर्ने कम्पनी, जिल्ला र सम्पर्क नम्बर नपाएर हैरान हुनुभएको छ ? त्यसो हो भने अब हैरान हुनुपर्दैन । तपाईको जिल्लामा कुन कम्पनी पर्यो र सम्पर्क नम्बर कति हो, हामीले सुविधाका लागि यहाँ प्रस्तुत गरेका छौं । १. नेपाल इन्सुरेन्स कम्पनी लि. कमलादी, काठमाडौ ०१–४२४५५६५ जिल्लाहरु : दार्चुला, वैतडी, डडेलधुरा, कञ्चनपुर […]

अण्डाको मूल्य वृद्धि

ललितपुर। नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले असार १४ गतेबाट लागू हुनेगरी ठुलो अण्डामा हालको मूल्यमा २७ प्रतिशत र मिडियम अण्डामा ४७ प्रतिशत मूल्य वृद्धि गरेको जनाएको छ । शुक्रबार साझ भरतपुरमा पत्रकार भेटघाटमा सङ्घका अध्यक्ष त्रिलोचन कंडेलले किसानले पाउने मूल्य ठुलो अण्डाको प्रति क्रेट २५५ र मिडियम अण्डाको प्रतिक्रेट  […]

सक्कलीभन्दा नक्कली किसानको बिगबिगी : कृषि मन्त्री मगर

लमजुङ। गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताएका छन् । बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय लमजुङको समन्वयमा आयोजना गरिएको ‘एक गाउँ एक पशु सेवा’ प्राविधिकहरुलाई सेवा सञ्चालनका उपकरण वितरण कार्यक्रममा […]