समाचार

प्रदेश ५ मा कृषकलाई बिना धितो अव १ करोड सम्म कृषि कर्जा

बुटवल। प्रदेश ५ सरकारको कृषि भूमि ब्यवस्था सहकारी मन्त्रालय तथा कृषि बिकास बैंकका बिच किसानलाई शुलभ कर्जा सहजिकरण तथा ब्याज अनुदान कार्यक्रम कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता संगै किसान तथा कृषिमा आधारित ब्यवसाय गर्ने ब्यवसायीलाई बैंकबाट प्राप्त गर्ने कर्जा र कर्जामा लाग्ने ब्याजलाई सहज बनाउन तथा ब्याजमा सरकारले घोषणा गरेको अनुदान कार्यान्वयन […]

अर्गानिक प्रदेश बनाउन जुट्दै जाजरकोटका स्थानीय तह

जाजरकोट। कर्णाली प्रदेश सरकारले लिएको उद्देश्य पूरा गर्न जाजरकोटका स्थानीय तह जुटेका छन् । अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको योजनालाई सफल पार्न यहाँका स्थानीय तहले विभिन्न क्रियाकलाप गर्दै कामलाई तीव्रता दिएका छन् । जिल्लाको शिवालय र कुशे गाउँपालिकाले यो अभियानलाई तीव्र बनाउँदै कृषकलाई तालिम दिन शुरु गरेका छन् । अध्यक्ष कृषि प्राविधिमैत्री कार्यक्रम लागू गरेर […]

बैंकको ढिलासुस्ती : पाएनन् उखु किसानले समयमा भुक्तानी

सर्लाही। सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग लिमिटेडले किसानबाट खरीद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म रू. ३५ करोड भुक्तानी गरिसकेको छ । उद्योगले हरेक १५/१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ । पहिलो […]

खसी बोका संकलन केन्द्रका लागि अनुदान दिँदैं विकेन्द्रित आयोजना

पोखरा। विकेन्द्रित सहयोग एकाई पोखराले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि नेपाल सरकारबाट स्वीकृत कार्यविधिको अधिनमा रहि ईच्छुक आवेदक स्थानीय तह, सहकारी संस्था, व्यवसायीक संघ संघठन, कृषक समूह, समितिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन पेश गर्न सक्नेछन् । […]

झापामा मकैजोन कार्यक्रम : संघीय सरकारबाट १ करोड २४ लाख बजेट विनियोजन

झापा । झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम लागू भएपछि यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका छन् । झापा गाउँपालिकाको वडा नं ६ र कनकाई नगरपालिका–५ मा गरी ५०० हेक्टर क्षेत्रफलमा मकैजोन कार्यक्रम सञ्चालन गरिएसँगै यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका हुन् । धानपछि झापामा धेरै क्षेत्रफलमा मकैखेती हुने गरेको छ । अझ सरकारले झापामा मकैजोन […]

कृषकलाई ७ प्रतिशत ब्याज अनुदान दिने कर्णाली प्रदेशको निर्णय

सुर्खेत। कर्णाली प्रदेश सरकारले कृषकलाई सात प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले व्यावसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायको लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि बनाएर कृषकहरुलाई एक करोडसम्मको ऋणमा सात प्रतिशत ब्याज अनुदान पाउने गरी व्यवस्था गरिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा ब्याज अनुदान कार्यक्रम सञ्चालन गर्नका […]

पोल्ट्री एक्स्पोमा प्रविधिलाई प्राथमिकता

चितवन। नेपाल पोल्ट्री महासंघले भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा शुक्रबारदेखि नेपाल पोल्ट्री इन्टरनेशनल एक्स्पोको आयोजना गर्ने भएको छ । महासंघले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोबारे जानकारी दिएको हो । पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले पोल्ट्री एक्स्पोमा प्रविधिलाई प्राथमिकता दिइएको बताए । ‘उत्पादन लागत घटाउन प्रविधि आवश्यक हुन्छ’ उनले भने, ‘एक्स्पोमा पोल्ट्रीसँग सम्बन्धित पछिल्ला प्रविधिहरुबारे […]

कागती एवं सुन्तला मिसन कार्यक्रम संचालन हुँदैं

प्युठान। कृषि ज्ञान केन्द्र दाङले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत प्युठान जिल्लामा कागती एवं सुन्तला अभियानमुखी कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी जिल्लाका सबै स्थानीय तहमा बसोबास गर्ने ईच्छुक कृषक, कृषि फार्म, कम्पनी, कृषि समूह, कृषि सहकारीलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र […]

अव राजमार्गमै पाइन्छ कर्णालीमा उत्पादित कृषि वस्तु

तिलागुफा। कर्णालीमा उत्पादन हुने कृषि उपजका वस्तु अब कर्णाली राजमार्गमा नै पाइने भएका छन् । कर्णालीका स्थानीय उत्पादन बजारीकरणमा समस्या भएपछि कालीकोटको तिलागुफा नगरपालिकाले कर्णालीमा उत्पादन हुने कृषि तथा खाद्य वस्तुलाई कर्णाली राजमार्ग नै पाउनका लागि कोसेली घर सञ्चालन गर्ने भएको हो । कर्णालीमा उत्पादन हुने कृषि वस्तु तथा खाद्य बाली फापर, आलु, स्याउ, ओखर, […]

कफी नर्सरी तथा बगैँचा व्यवस्थापन सम्बन्धी आवासीय तालीम शुरु

गुल्मी। नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी आवासीय तालीम शुरु भएको छ । कृषिमा व्यवसायिकीकरणका लागि कफीखेतीलाई विस्तार गरी उनीहरुको आम्दानी वृद्धि गर्दै जीवनस्तर माथि उकास्ने उद्देश्यसाथ उक्त तालीमको आयोजना गरिएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका संयोजक कृष्णबहादुर थापाले बताउनुभयो । सातदिने आवासीय तालीमको उद्घाटन गर्दै प्रदेश ५ का […]