इन्दुशंकर चिनी मिलद्वारा किसानलाई एक महिनामा ५० करोड भुक्तानी
सर्लाही। हरिवनस्थित इन्दुशंकर चिनी उद्योग लिमिटेडले क्रसिङका बेला किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ। गत पुस ११ देखि सञ्चालनमा आएको उद्योगले हालसम्म ५० करोड रूपैयाँ भुक्तानी गरेको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए। पहिलो चरणमा गत पुस ११ देखि माघ १० गतेसम्म किसानबाट खरिद गरेको उखुको भुक्तानी गरिएको हो। जिल्लाकै उद्योगले यो सिजनमा हालसम्म […]





