समाचार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै : अझै ३ दिन देशभर वर्षा

ललितपुर। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । ‘शनिवार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइवारदेखि क्रमिक सुधार हुनेछ’, उनले भनिन् […]

व्यावसायिक रबर खेतीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

ललितपुर। गिरिजाप्रसाद कोइराला फाउण्डेशन र इन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, (युएसए)बीच व्यावसायिक रबर खेती अनुसन्धान तथा उत्पादन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाको उपस्थितिमा इन्स्टिच्युटका कार्यकारी निर्देशक तिलक भण्डारी र फाउण्डेशनको विज्ञान तथा प्रविधि विभागका निर्देशक डा ताराप्रसाद बन्जाडेले आज समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । दुबै […]

पशुपालनका लागि सहुलियत ऋणअन्तर्गत १३ करोड कर्जा प्रवाह

दमौली। गत आर्थिक वर्षमा तनहुँमा पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत रु. १३ करोड २६ लाख कर्जा प्रवाह भएको छ । जिल्लामा रहेका विभिन्न छ वटा बैङ्कले पशुपछीपालनका लागि सहुलियत ब्याजदरको ऋण सुविधाअन्तर्गत सो कर्जा प्रवाह गरेको हो । पशुपछीपालनका लागि प्रदान गरिने सहुलियत ब्याजदरको ऋण सुविधामा किसानलाई तीनदेखि आठ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । आर्थिक […]

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

ललितपुर। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यूनचापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो । यस […]

कृषिमा नयाँ व्यवस्था आउँदैछ : मन्त्री भुसाल

सुरुङ्गा। कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दावी गरे । उनले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, […]

कृषि मन्त्रालयले पठायो उखु किसानको अनुदान

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा भएको क्रसिङ गरिएको उखुको अनुदान पठाएको छ। सरकारका तर्फबाट किसानले पाउने अनुदान सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रण शाखामा पठाएको हो। मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीकाअनुसार गत आवमा सलार्ही, सुनसरी, कञ्चनपुर, सिराहा, महोत्तरी, रौतहट, नवलपरासी र बारा गरी ८ जिल्लामा रहको ११ वटा उद्योगमा […]

भीरमह बेचेर गाउँमा भित्रियो ४० लाख

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार, रुम भन्ने ठाउँमा ६०, जिर्जा भीरमा ५०, पन्थेडम्बार भीरमा ४० घार काटेर मह निकालेको मह ब्यापारी समेत रहेका स्थानीय चित्र छन्त्यालले बताए । ठूलो भीरमा […]

अब विश्व बजारमा ‘नेपाल टी’

ललितपुर। नेपालमा चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालको प्रमुख आतिथ्यता र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा मंगलबार फिक्कल इलाममा भएको एक कार्यक्रममा नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । नेपाली अर्थोडक्स चिया […]

भैँसी पालन : नामसँगै दाम कमाउँदै जुम्लाका व्यावसायिक भैँसीपालक किसान

खलङ्गा। जुम्लाको गुठीचौर गाउँपालिका–५ का बिष्णु धिताल जिल्लाकै नमुना तथा व्यावसायिक भैँसीपालक किसानका रुपमा परिचित छन् । भैँसीपालन व्यावसाय शुरु गरेका उहाँले अहिले नामसँगै दाम कमाउँदै आएका छन् । व्यावसायिक भैँसी पालनबाट राम्रो आम्दानी गर्दै आएका उहाँसँग अहिले जिल्लाका अन्य पशुपालन कृषकले समेत सुझाव र सल्लाह लिन आउने गरेका छन् । उहाँले २०५२ सालदेखि एक […]

तरकारी खेतीतर्फ युवाको बढ्दो आकर्षण

नारायणपुर। राम्रो रोजगारी र आकर्षक कमाइका लागि विदेश जाने होड चलिरहेका बेला तुलसीपुरका युवा भने व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । मेहनतअनुसार घरमै बसेर लाखौ रुपैयाँ कमाउन सकिने भएपछि यहाँका युवामा तरकारी खेतीप्रति मोह जागेको हो । तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका चार्टर एकाउन्टेन्टद्वय घनश्याम सापकोटा र सन्तोष विष्ट तथा जमिन राना र कान्तुराम खनाल […]