घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी
महोत्तरी। तिहार (दीपावली) पर्वको पक्ष शुरु भएपछि महोत्तरीका सर्वसाधारण गृहिणीको थैलीमा अतिरिक्त आम्दानी हुन थालेको छ । आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो । तिहारअघि फूल खोज्दै बस्ती-बस्ती पस्ने व्यापारीले घर आँगनकै फूललाई राम्रो मूल्य दिन थालेपछि थैलीमा […]





