समाचार

भीरमाहुरीको महबाटै जीविकोपार्जन

भजनी। सुनसरी झुम्काका नीरज रावत १० वर्षदेखि मह काढ्ने र बेच्ने काम गर्दै आएका छन् । उनको छ जना परिवारको आम्दानी त्यही मह नै बनेको छ । उनी मह बेचेरै वार्षिक रु तीनदेखि चार लाखसम्मको आम्दानी गर्छन् । “बुवाआमा अशक्त भइसकेका छन् । काम गर्ने अवस्थामा छैनन् । छोराछोरी विद्यालय जान्छन् । श्रीमतीलाई घरको काम […]

पशुजन्य उत्पादनमा उत्कृष्ट बन्दै पाणिनि

लुम्बिनी। लुम्बिनी प्रदेशभित्र रहेका स्थानीय तहमध्ये पशुजन्य उत्पादनमा उत्कृष्ट काम गरेको भन्दै अर्घाखाँचीको पाणिनि गाउँपालिका पुरस्कृत हुन छनोट भएको छ । नेपाल सरकार पशुसेवा विभागको स्थापना दिवसको अवसरमा पाणिनि गाउँपालिका लुम्बिनी प्रदेशभित्रका अन्य पालिकामा भन्दा पशुजन्य उत्पादनको कार्यमा उत्कृष्ट काम गरेकाले छनोट भएको हो । प्रदेशभित्र रहेका १०९ स्थानीय तहमध्ये पशुजन्य उत्पादन तथा कृषिको क्षेत्रमा […]

व्यावसायिक सतुवा खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै कृषक

भोजपुर। भोजपुरको तिम्मामा व्यावसायिकरूपमा सतुवा खेती शुरु गरिएको छ । दश वर्षअघि परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि भोजपुर तिम्माका संगम राईले व्यावसायिकरूपमा नै सतुवा खेती शुरु गरेका हुन् । रू. ४५ लाखको लगानीमा शुरु गरिएको सतुवालगायत जडीबुटी खेती गरेर सफल उद्यमीका रुपमा स्थापित भएका राई यसबाट वार्षिक रू. १५ लाखसम्म आम्दानी गरिरहेका छन् […]

एकै गाउँबाट तीन करोडको सुन्तला बिक्री

दमौली। तनहुँको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रीङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । उक्त गाउँबाट मात्रै यस वर्षको मौसममा रु. तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तला बिक्री गरेर यहाँका एक कृषकले मात्रै रु. २२ लाख आम्दानी गरेका छन् । स्थानीय भीम रानाले यस वर्ष सुन्तला बिक्रीबाट उक्त आम्दानी भएको बताए […]

सयपत्रीमा आत्मनिर्भरः फूल कारोवार घट्दै

ललितपुर। पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हुँदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग थियो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये सयपत्रीका करीब तीन लाख माला भारतबाट ल्याउने गरिएको थियो । व्यवसायीले यस वर्ष तिहारमा पात्रो […]

चिनी उद्योग सञ्चालन

सर्लाही। हरिवन नगरपालिका–११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम शुरु गरेको छ । यस वर्षका लागि उद्योग सञ्चालन गर्न मङ्सिर २६ गते डोङ्गा पूजा गरिएको र सोही अनुसार किसानलाई जानकारी पनि गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको […]

अलैँचीको मूल्य वृद्धि नहुँदा किसानलाई पिरलो

ताप्लेजुङ। पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ । गत वर्षको अलैँची मुस्किलले बिक्री गरेका किसानले यो वर्ष नयाँ उत्पादनसँगै भाउ बढ्ने आशा गरेका थिए तर बजारमा नयाँ उत्पादन लैजाँदा गत वर्षको भन्दा पनि कम मूल्य पाएपछि […]

स्याउको फूलमा तुषारो, व्याँसमा फलेन स्याउ

दार्चुला। राम्रो स्याउ फल्ने जिल्लाको व्याँस गाउँपालिकामा यस वर्ष भने उत्पादन भएन । विगतमा ३०-४० क्विन्टल स्याउ फल्ने क्षेत्रमा यो वर्ष एक-दुई क्विन्टल पनि मुस्किलले फलेन । यो वर्ष स्याउमा लगाएको मेहनत खेर गएपछि किसान भने निराश भएका छन् । स्याउको फूल तुषारोले खाएपछि यस वर्ष पनि फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको […]

आलुको बीउ अभाव

फुङलिङ। ताप्लेजुङमा आलु रोप्ने समय शुरु भए पनि बीउ अभाव हुँदा किसान चिन्तित भएका छन् । आलुको बीउ भण्डार मानिने पक्ताङलुङ गाउँपालिका– ६ हिमाली बस्ती घुन्सा गाउँमा यस वर्ष राम्रो फल नलागेपछि बीउको अभाव भएको हो । घुन्सावासीको मुख्य बाली आलु हो । हिउँ र चिसोको कारणले अन्य बाली हुँदैन । यहाँ चैत महिनामा आलु […]

प्रदेश एकमा गहुँका लागि पर्याप्त मल उपलब्ध

विराटनगर। गहुँबालीलाई आवश्यक पर्ने रासायनिक मल युरिया प्रदेश नम्बर १ का लागि पर्याप्त रहेको छ । कार्यालयमा अहिले एक हजार २ सय ६६ मेट्रिक टक युरिया, एक हजार ३ सय ४३ मेट्रिक टन डिएपी मल र एक हजार ३ सय ८८ मेट्रिक टन पोटास मौज्दात छ । केही दिनभित्रै एक हजार मेट्रिक टन युरिया आइपुग्ने […]