म्याग्दीको गुर्जामा स्याउखेतीको परीक्षण सफल
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ। गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा २ वर्षअघि गुर्जामा रोपिएका थिए। गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए। ‘परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो,’ उनले भने, ‘सबै बोटमा फल लागेको छ।’ […]