समाचार

फूलको उत्पादन कम हुँदा सिमकोटमा कृत्रिम प्लास्टिक मालाको माग बढ्यो

हुम्ला। तिहार पर्वमा हुम्ला सदरमुकाम सिमकोटमा निकै चहलपहल बढिरहेको छ । पर्वका अवसरमा किनेमेल गर्नेका भीडले बजार चहलपहल बढेको हो । तिहारका लागि आफ्ना दाजुभाइका लागि टोपी, फूलमाला र सुपारीलगायतका सामग्री खरीद गर्नका लागि आउँदा सिमकोटका पसल व्यवसायी व्यस्त छन् । बजारमा बालबालिकाले देउसी खेलेर रौनक बढाएका छन् । यतिखेर देउसीका लागि सामग्री जिल्ला बाहिरबाटै […]

पोखरेली तीन युवाको व्यावसायिक फूलखेती

पोखरा। तिहारको रमझम सुरु भएको छ । मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरुले सहर बजारका चोकचोक र गल्लीमा फूलका थुङ्गा र माला निकै आकर्षकरूपमा सजाएका छन् । हरेक वर्ष अत्यधिक माग हुने सयपत्री फूलको आयातलाई केही हदसम्म भए पनि रोक्न पोखरा र चितवनका तीन युवाले यस वर्ष पनि व्यावसायिक फूल […]

सिङगामा व्यावसायिक फूलखेती

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ । तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक फूल उत्पादन गरेको हो । आँगेबगर र सिङ्गामा दुई÷दुई रोपनी क्षेत्रफलमा फूलखेती गरिएको हरियाली ग्रुप प्रालिका सञ्चालक शेरबहादुर केसीले बताए । बागलुङ, बेनी, कुश्माको बजार र सिङ्गा आसपासका क्षेत्रमा प्रतिकिलो रु तीन […]

अर्नाद्वारा दर्जनौं बिघाको धानबाली नष्ट

राजविराज। कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको एक समूहले सप्तरीको कञ्चनरुप नगरपालिका–४ का दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ । सो जङ्गली अर्नाको समूहले जिल्लाको कञ्चनरुप नगरपालिका–४ मा किसानले सयौं बिघामा लगाएको धानबाली नष्ट गरेको स्थानीयवासी किशोर पासवानले जानकारी दिए । दैनिक १०/१५ वटा सङ्ख्यामा आउने गरेको अर्नाको समूहले स्थानीय छुतहर पासवानको पाँच कठ्ठा, […]

रत्नपार्कमा १८ औं ‘काग सम्मेलन’ सम्पन्न

ललितपुर। काठमाडौंको रत्नपार्कमा १८ औं काग सम्मेलन गरिएको छ । राष्ट्रिय संगीतकर्मी संघले काग तिहारका अवसरमा बुधवार आयोजना गरेको कार्यक्रममा इलामका रमेश दुलाल ‘कागे’ ले काग बोलाएर सम्मेलनको आयोजना गरेका हुन् । विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले बुधवार बिहान ६ बजेदेखि ७ बजेसम्म रत्नपार्कस्थित शान्तिवाटिकामा काग बोलाएर काग सम्मेलन […]

माग बढेपछि प्रजापति समुदायलाई पाला बनाउन भ्याइनभ्याई

भक्तपुर। नेपालीहरुको दोस्रो महान् चाड तिहार आएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । माग धेरै भएको र तिहार शुरु भइसकेकाले यहाँ पाला बनाउँदै आएका उक्त समुदायका सिङ्गो परिवारलाई नै यतिखेर पाला बनाउन भ्याइनभ्याई भएको हो । भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछेंँ र तालाको पोर्टरी स्क्वायर […]

सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–१० साँखेमा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । कृषकले उत्पादन गरेको दूधलाई बजारीकरणमा सहयोग पु¥याउन सहकारी संस्थाले शुक्लागण्डकी–२ गाछेपानीमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो । दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्न कृषि तथा पशुपङ्क्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना […]

तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

कञ्चनपुर। चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ । तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका चलाउने परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबानमा परेर नोक्सान […]

विषादीरहित तरकारी खेतीका लागि सीप सिक्दै किसान

नुवाकोट। “हामीले तरकारी खेती त गर्दै आएका थियौँ तर किराले बाली भुसुक्कै पाथ्र्यो । किरा थाम्ने उपाय बल्ल थाहा पाइयो”, प्राङ्गारिक खेती र खानायोग्य उत्पादनबारे दुईदिने तालिम लिएपछि बेलकोटगढी नगरपालिका–११ का जयनारायण मुडभरीले भने, “अब पहिलाभन्दा बढी उत्पादन गर्न सकिन्छ भन्ने आँट आएको छ ।” मुलुकका ६० भन्दा बढी जिल्लाका चार सय बढी कृषि फार्ममा […]

बाख्रापालक किसानहरुले गरे सार्वजनिक सुनुवाई

वालिङ। स्याङ्जा वालिङमा बाख्रापालन समूहका किसानहरुले सार्वजनिक सुनुवाई गरेका छन् । विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराले अनुदान साझेदारी गर्ने भएपछि वालिङ १ धरमपानीका फूलबारी बाख्रापालन समूहका किसानहरुले सोमबार सार्वजनिक सुनुवाई गरेका हुन् । उन्नत बाख्रापालन तथा खसीबोका विक्रि वितरण उप आयोजनाका लागि नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाद्वारा विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराले अनुदान साझेदारी […]