प्रदेश सरकारको सहयोगमा किसानलाई कृषि उपकरण वितरण
दमौली। मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँका कृषकलाई कृषि उपकरण वितरण गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोक र भाटडाँडाका कृषकलाई गण्डकी प्रदेश सरकारको सहयोगमा कृषि उपकरण वितरण गरिएको हो । प्रदेश सरकारको ८५ प्रतिशत अनुदान र कृषकको १५ प्रतिशत लगानीमा हाते ट्याक्टर वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । उनका अनुसार ४ कृषकलाई हाते […]





