किसानलाई उन्नत बीउ दिएर धानको उत्पादन वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन
ललितपुर। अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा भएको छलफलमा उनले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताए । “दुई महिनादेखि मैले धानको उन्नत बीउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईंहरू (कृषि मन्त्रालयका कर्मचारी)ले चासो नै दिनुभएको छैन”, उनले भने […]





