समाचार

दोस्रो याममा ढोरपाटनमा १७ ओटा नाउर र ८ झारलको सिकार

बागलुङ। ढोरपाटन सिकार आरक्षमा वर्षमा दुई याम सिकार खुल्छ । पहिलो (असोज–मंसिर) र दोस्रो (फागुन–वैशाख) । चालू आवको दोस्रो सिकार याम पनि सकिएको छ । यो वर्ष १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ । पहिलो याममा १० नाउर र ६ झारलको सिकार कोटा तोकिएकामा नौ नाउर र तीन झारलको मात्र […]

जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै

गलेश्वर। स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवा रोजगारीको खोजीमा खाडीमुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ । स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएका भए पनि जिल्लाका युवा भने पाए युरोप, अमेरिका नपाए खाडीमुलुकमा भए पनि जान बाध्य छन् […]

तरकारी : पारिको होइन, बारीको खाउ

विराटनगर। निजी लगानीमा स्थापना गरिएको बञ्जरा एग्रो फार्मले हाल फार्मदेखि घरसम्म’ अभियान सञ्चालनमा ल्याएको छ । ‘पारिको हैन बारीको खाउ, ताजा लिन बञ्जार एग्रो जाउ’ नारा दिएका बञ्जरा एग्रो कृषिकर्म गर्न चाहने नयाँ कृषक एवं व्यवसायीका लागि पाठशालासमेत बनेको छ । सो अभियानअन्तर्गत बञ्जरा फार्मले थोक क्रेतासँगै खुद्रा क्रेताको खोजीमा लागेका छन् । आफ्नो फार्ममा […]

खडेरी प्रतिरोधी ‘भेटिवर’को खेतीबाट आर्थिक-भौगोलिक सङ्कट निवारण गर्न सकिने

ललितपुर।  बगरमा परिणत भएको र अन्य कारणले प्रयोगविहीन जग्गालाई भेटिवरको सहयोगमा सदुपयोग गर्दा कृषिमा देखिएको व्यापार घाटाको समस्या हुने सुझाव दिइएको छ । कृषि अनुसन्धाता श्याम गोयन्काले जडिबुटी, उच्च मूल्यका कृषि उपज, इन्धन, जैविक मल, फलफूल, तरकारी, गेडागुडी, चिनी, कागज र दुग्ध उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थमा आत्मनिर्भर हुनाका साथै आवश्यकताभन्दा बढी भएको उत्पादनलाई […]

मुगुमा १५ जेठदेखि यार्सा संकलन खुला

मुगु। मुगुम कार्मारोङ्ग गाँउपालिकाले १५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा यार्सागुम्बु संकलन गर्न खुला गरेको छ । यसअवधिमा जिल्ला भित्र र बाहिरबाट आउने सर्वसाधरणले यार्सा संकलन गर्न सक्नेछन् । वन प्रवेशका लागि गाँउपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ जेठबाट वन प्रवेश गर्न पाउने मुगुम कार्मारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए । […]

रानीजमरा कुलरिया सिँचाइ आयोजनाः कृषिमा १० करोड रुपैयाँ खर्च गर्ने

टीकापुर। कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७८/०७९ मा करिब रु. १० करोड खर्च गर्ने भएको छ । आयोजनामा रु. २७ करोड बजेट भए पनि विभिन्न कारणले सो रकम मात्र खर्च हुने कार्यालयले जनाएको छ । “अहिलेसम्म रु. तीन करोड खर्च भएको छ, बिल भुक्तानी दिन बाँकी अन्य कार्यक्रमका […]

सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

चितवन। विश्व सिमसार दिवसको अवसरमा १९ प्रजातिका बिरुवा रोपिएको छ । चितवन राष्ट्रिय निकुञ्जले बाघमारा मध्यवर्ति सामुदायिक वनमा वृक्षारोपण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज १०० बिरुवा रोपिएको छ । सामुदायिक वनको खाली ठाउँमा बिरुवा रोप्ने काम निरन्तर हुनेछ । उनले आज सुरुवात गरिएको बताउँदै निरन्तर रोप्दै जाने जानकारी दिए । […]

देशभर चट्याङ् र हावाहुरीसहित वर्षाको सम्भावना

ललितपुर।  देशका विभिन्न भागमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम […]

जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

डोल्पा। जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन आगामी असार १० गतेसम्म सङ्कलन गर्न पाउने निर्णय गरेको हो । स्थानीयवासी […]

खाद्य सुरक्षाको समस्या समाधान गर्न सामूहिक पहलको खाँचो

वासिङ्टन डिसी। नेपालले विश्वव्यापीरुपमा बढ्दो खाद्य सङ्कटको समाधानका लागि द्वन्द्वरत पक्षको राजनीतिक समाधान खोज्दै शान्ति र सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । साथै खाद्यान्न, इन्धन र मलखादको खुला बजार निर्देशित आपूर्ति गर्दै ठूला सीमित देश वा व्यापारिक समूहले नियन्त्रण हुने अवस्थालाई निरुत्साहित गर्नुपर्ने कुरामा विश्वको ध्यानाकर्षणसमेत गराएको छ । न्यूयोर्कमा बिहीबार आयोजित राष्ट्रसङ्घको सुरक्षा […]