समाचार

असिनाले तरकारी र मकै बाली नष्ट

ललितपुर।  चितवनको इच्छाकामना गाउँपालिका २ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पु¥याएको छ । बुधबार आएको असिनापानीले वडा नं २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको बालीमा क्षति पु¥याएको हो ।बेच्ने बेला भएको तकारी बाली असिनापानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । मायाटारका राजबहादुर प्रजाले आफ्नो बारीमा लगाएको रु. […]

भूमी सबैको चासो तर कहिल्यै समाधान नभएको विषय

चीन र भारत बिचको भूपरिवेष्ठित र यसको स्थल आकृति समुन्द्री सतहबाट ६० मिटर माथिको तल्लो भूभागबाट सगरमाथाको चुचुरो (८,८४८.८६ मिटर अर्थात २९०३२ फिट) सम्म फरक भएको नेपालमा बसोबास गर्ने करिब तीन करोड मानिसमध्ये पैंसठ्ठी प्रतिशतको जीवनयापनका लागि आधारभूत विषय भनेको खेतबारी हो अर्थात जमिन हो । देशको प्राकृतिक स्रोतहरूबाट सामाजिक लाभहरू अनुकूलन गर्न नीति निर्माण […]

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं. १२ को पुरानो गाईघाट, वडा नं. ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न […]

खानेपानी योजना सञ्चालन हुने

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकामा खानेपानी योजना सञ्चालन हुने भएको छ । चाँगुनरायण नपा–९ ताथली चापाटोलमा करिब आठ करोड बराबरको खानेपानी योजना सञ्चालन हुने भएको हो । स्थानीय समुदायलाई खानेपानी सहज बनाउन स्थानीय उपभोक्ता समितिमार्फत योजनाको काम गर्न लागेको नगरपालिका वडाध्यक्ष गणेश त्यातले जनकारी दिए। अध्यक्ष त्यातले आजै डिपबोरिङको उद्घाटन गरी विगत लामो समयदेखि खानेपानीको चरम […]

झापामा यस वर्ष पाँच लाख बिरुवा वितरण गरिँदै

दमक।  डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख बिरुवा वितरण गर्ने भएको छ ।फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागिएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिए । ती मध्ये १५ हजार फलफूल र चार लाख ७५ हजार विभिन्न प्रजातिका रुखका बिरुवा छन् । वन बिरुवा रु. […]

भायानेटको २०० एमबीपीएस इन्टरनेट अब ९९९ रुपैयाँमै

ललितपुर।  नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसन प्रा. लि. ले आफ्ना विद्यमान अल्ट्रा–फाईलाईनका प्रोडक्टहमा आकर्षक परिमार्जन ल्याएको छ । कमपनीले आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा ल्याउन लागेको हो । भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएसको इन्टरनेट […]

खोरेत रोगको प्रकोप, एकै गाउँमा २० पशु मरे

बैतडी। बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ । नगरपालिका–५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको हो । खोरेत रोगबाट धमाधम पशुहरु मर्ने गरेका छन् । पछिल्लो दुई हप्ताको अवधिमा यहाँ २० वटा पशु मरेको र २५० भन्दा बढी पशुमा सङ्क्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए […]

कृषि उत्पादन र बजारीकरणमा जोड, प्राङ्गरिक मलमा अनुदान

ललितपुर। सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गर्ने भएको छ । संघीय संसदको संयुक्त सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएकी हुन् । कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रूपमा अघि बढाइने, यसका लागि […]

नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने सरकारको घोषणा

ललितपुर। सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ । कृषिलाई व्यवसायीकरण, यान्त्रिकीकरण, जलवायू अनुकूलन खेती प्रणालीको विकाससँगै प्रविधिको प्रर्बद्धन गर्नेगरीको कृषि नीति सरकारले बनाउने भएको हो । आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिदर उकास्‍न नयाँ राष्ट्रिय कृषि नीति आवश्यक […]

बगरफाँटमा खानेपानीको समस्या

गलेश्वर। म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा खानेपानीको समस्या समाधान नहुँदा वाक्कदिक्क छन् । केही दिनअघिदेखिको वर्षाका कारण मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाउनुका साथै मुहानमा गेगर थुप्रिएर थुनिएपछि यहाँका २०८ घरपरिवारलाई खानेपानीको चरम समस्या भएको हो । यस बीचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी […]