सुन्तलापछि अब अलैँची खेतीमा
गलकोट। जागिरे जीवनबाट अवकाश भएपछि कृषिमा व्यस्त भएका बागलुङ नगरपालिका-८ सिगानाका रमेश थापाले सुन्तला खेतीपछि अलैँचीखेती थालेका छन्। अवकाश जीवनमा कतिले घरमै बसेर आराम गर्ने, समाजसेवा गर्ने त कति राजनीतिमा लाग्ने गरेकामा ऊर्जावान समय जागिरमा खर्चिएका थापाको जोश र जाँगरमा कमी आएको छैन। २० वर्ष नेपाली सेनामा कार्यरत सुवेदार थापाले कृषि क्षेत्रमा आफ्नो रुचि रहेको […]