आँप र लिचीका बोटमा झपक्क मञ्जर
महोत्तरी। यसपाली फलफूलखेती गर्ने किसानको मुहारमा खुसी छाएको छ । आँप, लिचीलगायतका फलका बोटमा झपक्क मञ्जर लागेपछि उनीहरु रमाएका हुन् । बगैँचामा आँप र लिचीका बोटका हाँगा मज्जरको भारले लपक्क नुहेका देखिन्छ । फलफूल खेतीमा राजा मानिने आँपमा पात नै नदेखिने गरी बोटमा मज्जर लागेको छ । त्यसैगरी लिचीका बोट पनि राम्ररी फुलेका छन् । बगैँचामा […]