समाचार

‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज

गोलबजार। सप्तरीको बोदे बर्साइन नगरपालिकामा तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले ‘कोल्ड स्टोर’ निर्माण सुरु गरिएको छ । वडा नं २ बैरियामा निर्माण गरिएको सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोर शिलन्यासमा नगरप्रमुख आतेशकुमार सिंहले यसले किसानलाई आलु, प्याज तथा अन्य तरकारी भण्डारणमा सहयोग पुग्ने बताउनुभयो । नगरप्रमुख सिंहले लामो समयसम्म उत्पादन […]

बागवानी केन्द्रमा फुल्यो आँप

सर्लाही। दक्षिण एशियाकै ठूलो उष्ण प्रादेशीय बागवानी केन्द्र नवलपुर सर्लाहीले यसवर्ष अहिलेसम्मकै धेरै राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । लालबन्दी नगरपालिका–१ स्थित केन्द्रमा यसवर्ष अहिलेसम्मकै धेरै ढकमक्क आँप फूलेपछि राजस्व वृद्धि हुने अनुमान गरिएको केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले बताउनुभयो । उक्त सरकारी बगैँचामा करिब छ हजार आँपका रुख ढकमक्क फुलेका छन् । फुलेअनुसार […]

तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा

तनहुँ। गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका एक सय उनानचालिस आयोजनामध्ये दश आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको रू एक करोड चौबन्न लाखको लागतमा उक्त आयोजनाको निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका इञ्जिनीयर वामदेव पौडेलले […]

देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन थालेको छ । छाडा चौपायाले बाली नष्ट गरेका कारण किसान हैरान बनेपछि नगरपालिकाले व्यवस्थापन कार्य अघि बढाएको हो । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले छाडा चौपायाले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि व्यवस्थापनको पहल गरिएको बताउनुभयो । देवचुली–१० लोकाहा नदी किनारमा छाडा चौपायाको व्यवस्थापन […]

मेघ गर्जनसहित वर्षाको सम्भावना

ललितपुर। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका […]

यस वर्ष आँपको उत्पादन बढ्ने

खजुरा। बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जनाएको छ । बर्सेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नाका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ । एकाध आँप भएका बारी होस् वा आखन खाँपको बगैँचा नै यतिबेला सबैतिर […]

कोशी प्रदेशका किसानलाई दूधमा अनुदान दिइँदै

झापा। कोशी प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर रु दुईका दरले अनुदान दिने भएको छ । ग्रामीण क्षेत्रमा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु. १२ करोड ५० लाख रकम अनुदानका लागि विनियोजन गरेको छ । प्रदेशका झापा, मोरङ, सुनसरी, […]

वन्यजन्तु बस्ती पस्न थालेपछि अध्ययन सुरु

देउखुरी। दाङका वन नजिकका बस्तीमा वन्यजन्तु पस्न थालेपछि त्रास बढेको छ । घोराही उपमहानगरपालिका– ५ वसन्तापुरकी दीपा डाँगीले पालेका बाख्रा नजिकै रहेको दुर्गा सामुदायिक वनमा चराउन लैजाँदा बाघले खायो । घर नजिकै रहेको वनमा बाख्रा चराउन लग्नुभएकी डाँगीका पाँच ठूला खसी बाघले मारिदियो । उहाँसँग अहिले पनि २० खसीबाख्रा छन् । “घर नजिकै जङ्गल छ, […]

शीतभण्डार निर्माण ७० प्रतिशत सकियो

नेपालगञ्ज।आलुको पकेट क्षेत्र मानिने बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनीयामा निर्माणाधीन आलु शीतभण्डार निर्माण ७० प्रतिशत पूरा भएको छ । गाउँपालिकामा गाउँसभा ढिलो भएका कारण बजेट अभावले शीतभण्डारको काम निर्धारित समयमा हुन नसकेको डुडुवा गाउँपालिका, कृषि शाखाका प्रमुख सुशील शर्माको भनाइ छ । “बजेट र भुक्तानीअनुसार शीतभण्डारको काम भइरहेको छ”, उहाँले भन्नुभयो । पालिकामा एक किसानले कम्तीमा […]

चैत १७ देखि २० गतेसम्म पुष्प मेला हुने

ललितपुर। पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यही चैत १७ देखि २० गतेसम्म २४औँ फ्लोरा एक्स्पो मेला आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सञ्चालन गर्न लागिएको मेलामा ७० वटा कक्ष रहने बताइएको छ । व्यवसायी ६० वटा रहने छ भने सूचनामूलक १० कक्ष प्रदर्शनमा राखिले एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो । […]