अर्थ/बजार

खुलेआम चिनी आयात

विराटनगर। नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको […]

तेह्रमध्ये पाँच कृषि उपजमा सफलता

ललितपुर। १४औं योजनाले गत आर्थिक वर्ष (आव) २०७४/७५ सम्मका लागि कृषि उत्पादनतर्फ तोकेको वार्षिक लक्ष्यमध्ये ५ कृषि उपजमा लक्ष्य प्राप्त भएको छ । सो योजनामा १३ प्रमुख कृषि उपजको वार्षिक लक्ष्य निर्धारण गरिएको छ । बाँकीमध्ये पाँच उपजमा चालू आवमा लक्ष्य प्राप्त हुन सक्ने र तीनबाट हुन नसक्ने प्रतिवेदन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक […]

अर्गानिक तरकारी उत्पादनमा नेपालसँग सहकार्य गर्ने कतारको प्रस्ताव

ललितपुर। कतारले नेपालसँग हरियो तरकारी र ताजा माछामासु उत्पादनमा सहकार्य गर्ने प्रस्ताव गरेको छ। नेपालमा प्रांगारिक तरकारी र माछामासु उत्पादन गरेर त्यसको बजार कतारलाई बनाउन सकिने बारे नेपाल सरकारसँग कतारले प्रस्ताव गरेको हो। नेपालमा उत्पादनको प्रसस्त सम्भावना देखेर कतारले नेपालसँग पशुपक्षी पालन र तरकारी उत्पादनका क्षेत्रमा सहकार्य गर्न तयार रहेको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज […]

किसानलाई बीउ बाँडेको भन्दै नक्कली बील बनाई करिब एक करोड घोटाला

ललितपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किसानलाई बीउ बाँडेको भन्दै नक्कली बील बनाएर करिब एक करोड रुपैयाँ घोटाला गरेको अभियोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका १३ कर्मचारीबिरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मंगलबार बिशेष अदालत काठमाडौं उक्त कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालकाअनुसार दैलेखका किसानलाई विभिन्न वालीको बीउको पोका वितरण गरेको […]

तरकारी खेतीबाट घर खर्च जुटाउँदै महिला

भीमदत्तनगर। कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताइन् । गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी खेतीमा समय खर्चिएकी चौधरी हरेक दिन बिहान भीमदत्तनगर बजारमा टोकरीमा तरकारी बेच्छिन् । ‘बेलुकीतर्फ तरकारी खेतमा गएर गोडमेल र स्यहारामा बिताउँछु ,’ चौधरीले भनिन् , ‘चार किलोमिटर हिँडेर […]

कुखुराको दानाको मूल्य बढ्यो

भरतपुर। कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी रु दुई ५० पैसाका दरले मूल्य बढाएको हो । दाना उत्पादनमा प्रयोग हुने आवश्यक कच्चा सामग्री र भिटामिनको मूल्य बढेकाले दानाको मूल्य बढाएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए । कुखुराको दाना बानाउन मकै, भटमास […]

बक्यौता खोज्दै उखु किसान काठमाडौंमा

ललितपुर। संघीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको चर्चा सुन्दा गज्जव लागे पनि उखु किसानका समस्या भने सिंहदरबारमै अड्किएको छ । उखु किसानले पाउनुपर्ने बक्यौता उठाउन र उखु क्षेत्रका समस्या समाधानको माग गर्दै किसान प्रतिनिधिमण्डलले सिंहदरबारभित्रका सरोकारवाला निकायलाई भेटेर आफ्ना समस्याबारे ध्यानाकर्षण गराउन थालेको छ । उखु कृषक सिंहरदबारको ढोका ढक्ढक्याउन थालेको यो पहिलो पल्ट भने होइन […]

दाना उद्योगले उत्पादनमा एन्टिबायोटिक मिसाएको भन्दै अनुगमन गर्न माग

ललितपुर। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यले पशुपक्षीको दाना उत्पादन गर्ने उद्योगको तत्काल अनुगमन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । सो सम्बन्धी कार्यदलको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्य राधा ज्ञवालीले पशुपक्षीको दानामा मित्रुजीवनाषक औषधि (एन्टिबायोटिक) को प्रयोग भएको गुनासो आएकाले अनुगमन गर्न सरकारको ध्यानाकर्षण गरेकी हुन् । कृषि नियमावली २०५१ ले दानाको गुणस्तर […]

अनुदानको मलमा मनपरी मूल्य

धनगढी। कैलालीका सहकारी संस्थाले सरकारको अनुदानको रासायनिक मलको मूल्य मनोमानी ढंगले तोकेर किसानलाई बिक्री गरिरहेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले मलको कारोबारबारे गरिएको स्थलगत अनुगमनका क्रममा जिल्लाका कतिपय सहकारी संस्थाले मनोमानी ढंगले मलको मूल्य निर्धारण गरी बिक्री गरिरहेको पाइएको जानकारी दिएका हुन् । कर्पोरेसनको अनुगमन टोलीले दुई दिनअघि […]

सिमीले मूल्य नपाउँदा किसान चिन्तीत

सिञ्जा। जुम्लामा उत्पादित जैविक सिमीले उचित मूल्य नपाउँदा किसान चिन्तामा परेका छन् । जिल्लाका दूरदराजका क्षेत्रमा उत्पादन भएको सिमीले मूल्य नपाएको हो । अहिले जिल्ला सदरमुकाम आसपासका क्षेत्रमा सिमी प्रतिकिलो रु. १२० मा बिक्री भइरहेको छ । गाउँका किसानले भने बढीमा रु १०० मा बेच्ने गरेका छन् । तातोपानी गाउँपालिका–२ कि बेलु चनाराले व्यापारीले आफूलाई […]