चितवन । नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा पुनः विनोद पोखरेल निर्विरोध चयन भएका छन् ।

भरतपुरमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा जोतेन्द्र श्रेष्ठ, द्वितिय उपाध्यक्षमा अमोद खनाल, महासचिवमा भेषराज अर्याल, सचिवमा मदन पोखरेल, सहसचिवमा विवेक निरौला, कोषाध्यक्षमा प्रकाश चापागाई र वरिष्ठ सदस्यमा राजेन्द्र लामिछाने चयन भएका छन् ।

देशका विभिन्न जिल्लाबाट प्रतिनिधीत्व हुने गरी कार्यसमिति तयार गरिएको अध्यक्ष पोखरेलले बताए ।

दुई वर्षे कार्यकाल रहने संघको स्थापना नै पोखरेलको पहलमा भएको हो । संघमा दुई सय ५० सदस्य रहेका छन् । यो क्षेत्रमा एक सय ५० अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको व्यवसायीको भनाइ छ ।