सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पहिलो पटक जुनार प्रवद्र्धन मेला हुने भएको छ । गोलन्जोर गाउँपालिका ४ तीनकन्या स्थित माझकुभिण्डेमा हुने जुनार प्रवद्र्धन मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला संयोजक एवं पालिका अध्यक्ष शंकर राज बरालले जानकारी दिनुभयो । पालिकाको आयोजनामा यहि मंसिर २३ देखि २५ गतेसम्म संचालन हुने मेलाले सिन्धुलीको पहिचान र जुनारको विकास र विस्तारमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

३ दिन सम्म चल्ने मेलामा जुनार बगैँचा अवलोकन, स्थानीय कृषि उपजहरुको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती र कृषक तथा कृषि विज्ञ बीच प्राविधिक वार्तालाप गरिने छ ।

साथै, पालिका भित्र ४ सय भन्दा धेरै विरुवा लगाउने कृषक र जुनार संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन तथा जुनार प्रशोधन विविधिकरणमा विशेष योगदान पु¥याउँने व्यक्तित्वहरुलाई सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।
दैनिक ३ हजारका दरले ३ दिनमा लगभग ९ हजार जनाले मेला अवलोकन गर्नुका साथै मेला सम्पन्न गर्न करिब १६ लाख ५० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ ।