ललितपुर। च्याउ उत्पादनका लागि अत्यावश्यक मानिने परालको ढुवानी ‘भवरलोट’ को नाममा १५० भन्दा बढी ट्रकलाई प्रहरीले छाड्न नमानेपछि किसानहरू आन्दोलनमा उत्रिएका छन्।
रौतहटको पत्लैया–चन्द्रपुर मार्ग हुँदै तराईमा उत्पादन भएको पराल ल्याइरहेका १५० भन्दा बढी ट्रकलाई प्रहरीले एक सातादेखि छाड्न नमानेपछि च्याउ उत्पादक किसानहरू आज जिल्ला ट्राफिक कार्यालय, बाराको गेट अगाडि धर्नामा बसेका हुन्।
च्याउ उत्पादक किसान संघ नेपालका अध्यक्ष सन्तोष कार्कीले किसानहरूको माग स्पष्ट र व्यवहारिक रहेको बताए। किसानको खेतबाट फार्मसम्म पराल ढुवानी सहज बनाउन राज्यले सहयोग गर्नुपर्नेमा प्रशासनले पटक-पटक अवरोध खडा गर्दै आएको उनको गुनासो छ । यसरी समयमै उपलब्ध हुनु पर्ने आवश्यक कच्चा पर्दाथ विभिन्न बहानामा लामो समय रोकेर राख्दा च्याउ उत्पादन समेत असर पर्ने देखिएको छ ।
धर्नामा महासचिव विकास रिमाल, उपाध्यक्ष रविन्द्र श्रेष्ठ, सचिव रमेश सापकोटा, कोषाध्यक्ष विनोद पौडेललगायतका पदाधिकारी सहभागी छन्। किसानहरूले रोकिएका १५० भन्दा बढी ट्रक तत्काल छाड्न, ढुवानीमा पुनः अवरोध नआउने व्यवस्था मिलाउन र प्रशासनले किसानमैत्री नीति अपनाउन माग गरेका छन्।
च्याउ उत्पादक किसान संघको विज्ञप्ति :










