ललितपुर। अब आलु खेती पनि इन्स्योरेन्सको दायरामा आएको छ । नेपाल बीमा प्राधिकरणले तरकारी खेती बीमालेखको अनुसूचीमा आलु खेती पनि थप गरेको हो। प्राधिकरणले तरकारी बीमालेखमा आलु खेती छुट्न गएको भन्दै थप गरेको छ । यसै गरी प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई पत्रचार गर्दै बीमा लेख अनुसार आलु खेतीको बिमाङक निर्धारण गर्न भनेको छ ।










