ललितपुर। देशभरका लाखौं घरलाई इन्टरनेट सेवामार्फत जोडिरहेको भायानेट अब खेलकुद क्षेत्रमा पनि सक्रिय बनेको छ।

कम्पनीले नेपाल प्रिमियर लिग (एनपिएल) का सहभागी टिम चितवन राइनोजसँग कनेक्टिभिटी पार्टनरको रूपमा सहकार्य गरेको हो। शुक्रबार आयोजित एक कार्यक्रमका बीच भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठ र चितवन राइनोजका प्रमुख साञ्चलन अधिकृत डा. आशिष खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

“हामी खेलकुदसँग सुरुदेखि नै जोडिएका छौं। खेलमा हाम्रो लगानी व्यवसायिक भन्दा बढी जिम्मेवारीको कुरा हो। यो हाम्रो समाज र नयाँ पुस्ताप्रतिको लगानी हो, जसले देशभित्र सकारात्मक ऊर्जा फैलाउन मद्दत गरिरहेको छ। अझ, खेलकुदले इन्टरनेटले जस्तै मानिसहरूलाई नजिक ल्याउँछ, एकअर्कासँगको सम्बन्ध बलियो बनाउँछ। यही कारण हामी खेल क्षेत्रलाई निरन्तर साथ दिइरहेका छौं,” भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले बताए।

भायानेटले स्थापना समयदेखि नै खेलकुदलाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा बनाउँदै आएको छ। यसअघि, भायानेट फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप र भदौमा सम्पन्न कर्पोरेट क्रिकेट लिग
दुबैको टाइटल स्पोन्सर बनेको थियो। यस्तै, चर्चित फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर घोषणा गर्दै ‘साम्बा प्याक’ पनि सार्वजनिक गरेको थियो।

चितवन राइनोजसँगको यस सहकार्यमार्फत भायानेटले खेलाडीको मनोबल, दर्शकको भावना र देशभरका खेलप्रेमीहरूलाई एकै ठाउँमा जोड्ने सेतुको रूपमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।