
ललितपुर। आउँदै गरेको शुभ दीपावली (तिहार) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ ।
गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ ‘१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२’ यहीँ असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने फ्यानको उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले बताए ।
पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएसनले जनाएको छ ।
त्यस्तै, उक्त प्रदर्शनीमा व्यवसायिक स्टल ८० वटा, सूचनामुलक ३ वटा, प्रतिस्पर्धा स्टल १ र सेल्फी स्टल १ सहित गरी जम्मा ८५ वटा प्रदर्शनी कक्षहरू रहने मेला संयोजक सुमन महर्जनले जानकारी दिए । नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरूवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातीका फूल बिरुवासमेत प्रदर्शनी तथा बिक्री / वितरण हुने छन् ।
साथै, यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवा, बिउबिजन, मलखाद र कृषि औजारसमेत प्रदर्शनीमा समावेश गरिने आयोजकले जनाएको छ । ५ दिनेसम्म हुने उक्त गोदावरी फूलको प्रदर्शनी बिहान ९ः०० बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछ, भने प्रदर्शनीमा ४२ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड २० लाखभन्दा बढीको व्यवसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।
विगत वर्षमाझैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गराई प्रतिस्पर्धामा प्रथम, दोस्रो तथा तेस्रो हुने नर्सरी – फर्मलाई सिल्ड, नगद तथा प्रमाण – पत्रद्वारा पुरस्कृत गरिनेछ, भने गोदावरी फूलको कट फ्लावर विधातर्फ समेत प्रतियोगिता गराई उत्कृष्ट हुने नर्सरी – फर्मलाई पुरस्कृत गरिनेछ ।
साथै, स्टल सजावटतर्फ समेत उत्कृष्ट छनोट गरी पुरस्कृत गरिने कार्यक्रम रहेको आयोजकको जनाएको छ । व्यवसायका क्षेत्रमा भए गरेका नयाँ – नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि प्रदर्शनी स्थलमा स्थलबाटै प्रदान गरिने एशोसिएसनले जनाएको छ ।
उक्त प्रदर्शनीमा अवलोकन गर्न आउने विद्यार्थीहरूको लागि १०० सय रुपैयाँ, सर्वसाधारणहरूको लागि १५० रुपैयाँ तोकिएको र जेष्ठ नागरिकहरू (नागरिकता वा राष्ट्रिय परिचय पत्र लिएर आउनु पर्ने ) को लागि चाँहि निःशुल्क प्रवेशको गरिएको फ्यानको कोषाध्यक्ष राजकृष्ण बजगाईँ जानकारी दिए । नेपालमा वि.सं. २०११ सालबाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय, सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहरहरूलगायतका अन्य क्षेत्रमा समेत फैलँदो अवस्थामा रहेको छ ।