
ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मदन प्रसाद परियार नियुक्त भएका छन् । प्रधानमन्त्री शुशिला कार्कीको अन्तरिम सरकारको मन्त्रिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा परियार नियुक्त भएका हुन् । सप्तरीको राजविराजमा जन्मिएका वरिष्ठ जलवायु तथा कृषि विज्ञका रूपमा परिचित डा. मदन प्रसाद परियारको यो नियुक्तिलाई कृषि क्षेत्रका विज्ञहरूले विशेष रूपमा हेरेका छन् ।
डा. मदन प्रसाद परियारको जन्म सन् १९५१ अगस्ट २६ मा भएको हो । हाल नागार्जुन नगरपालिका–१०, स्युचाटारमा बसोबास गर्दै आएका परियारले सन् १९९४ मा थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट वातावरण, स्रोत तथा विकास विषयमा डक्टर अफ इन्जिनियरिङको उपाधि हासिल गरेका छन् ।
परियारसँग नेपालसहित भारत, थाइल्यान्ड, श्रीलंकाका गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारी निकायहरूमा ३० वर्षभन्दा बढीको कार्य अनुभव छ । विशेषगरी कृषि, ग्रामीण विकास, सामाजिक समावेशीकरण र जलवायु परिवर्तन क्षेत्रमा उनी गहिरो ज्ञान र अनुभव राख्छन् ।
परियारले ४१ वटा अनुसन्धान अध्ययनरप्रतिवेदन, ३८ वटा अनुसन्धान पत्र र १४ वटा अध्ययनरप्रतिवेदनहरू प्रकाशित गरिसकेका छन् ।