
ललितपुर। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैकलाई सहजीकरण गरिदिन आग्रह गर्नूभएको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेल सँग आज सिहंदरवार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिवी हटाउनका लागि बैक तथा वित्तिय संस्थाहरुको भुमिका महत्वपुर्ण हुने भएकाले साना किसानहरुले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता औल्याउनुभयो।कृषिका लागि ठुलो मात्रामा ऋण लिएकाहरुले सो रकम अन्यत्रै परिचालन गरिएको पनि सुनिएको छ, यदि त्यस्तो हो भने कृषिमा हामीले लिएको लक्ष्य र अपेक्षा पुरा हुन सक्ने देखिदैन ,मन्त्री अधिकारीले भन्नुभयो ।
कृषि ऋणको सहि उपयोग भयो कि भएन यसको प्रभावकारी अनुगमनका लागि म नेपाल राष्ट्र बैक समक्ष अनुरोध गर्दछु मन्त्री अधिकारीले भन्नुभयो । मन्त्रीअधिकारीले कसैले ऋण नपाउने पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिनुभयो । सरकारी स्वामित्वका बैकहरुले पनि कृषि कर्जा वढाउनु पर्ने र राष्ट्र बैकको कृषि कर्जा सम्वन्धमा गरिएको व्यवस्थाको पालना उनीहरुले गर्नपर्नेमा मन्त्री अधिकारीले जोड दिनुभयो ।
नेपाल राष्ट्र बैकका गर्भनर डा.पौडेलले हाल कृषिमा भएको लगानीको सदुपयोग हुन नसकिरहेको सन्र्दभमा आफनो पनि चासोको विषय भएकाले प्रतिफल आउने गरि काम गर्न जरुरी रहेको वताउनुभयो । किसानलाई व्यवसायीक नवनाई कृषिमा भएको लगानीको प्रतिफल प्राप्त हुन नसक्ने भएकाले प्रतिफल आउने गरि लगानीको आवश्यकतामा गर्भनर डा. पौडेलले जोड दिनुभयो । उहाँले आफु हालै विभिन्न जिल्लाहरुमा जाँदा माटो खेलाउनेले कृषि क्रृण नपाउने ,कागज खेलाउनेले क्रृण पाउने गरेको गुनासो पनि सुनेको उल्लेख गर्दे किसानलाई क्रृण मात्र बोकाउने भन्दा पनि किसानलाई सहि वाटोमा हिडाउन सवै निकायले प्रभावकारी भुमिका खेल्नुपर्नेमा गर्भनर डा.पौडेलले जोड दिनुभयो । आगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिको तयारी भैरहेको वेला मन्त्री अधिकारी र गर्भनर डा.पौडेल वीचको भेट महत्वपुर्ण रहेको छ ।
भेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रलायका सचिवद्धय डा. गोविन्द प्रसाद शर्मा र डा. दीपक कुमार खराल , पशुसेवा विभागका महानिर्देशक डा. राम नन्दन तिवारी,मन्त्री अधिकारीका नीजि सचिव वरिष्ठ वाली संरक्षक रोशन अधिकारी,नेपाल राष्ट्र बैकका निर्देशक शरणकुमार अधिकारी लगायतको सहभागीता रहेको थियो ।