नेपालमा परापूर्व कालदेखि स्थानिय र रैथाने जात अर्थात एपिस सेरेना जातको मौरीपालन गरिदै आएको छ । यो जातको मौरीलाई प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रूपमा परम्परागत मुढे घार, खोपे घारका साथै आधुनिक घारमा स्थान्त्तरण गरि मह उत्पादन गर्ने प्रचलन नेपालको प्रायः अधिकांश क्षेत्रहरूमा पाइन्छ । नेपालमा एपिस मेलिफेरा मौरी भित्रिएसंगै परम्परागत मौरीपालन पद्धतिमा क्रमशः परिवर्तन आई व्यावसायिक रूपमा मौरीपालन सुरुवात भएको छ । यसबाट मौरीपालक कृषकहरूको रोजगारीमा वृद्धि हुनुको साथै मौरीपालनबाट बालीबिरुवाहरूको परागसेचनमा प्रभावकारिता आई बालीबिरुवाहरूको उत्पादनमा गुणात्मक एवं परिमाणात्मक वृद्धि हुनुको साथै वातावरण तथा जैविक विविधताको संरक्षणमा समेत सहयोग पुगेको छ । नेपालको भौगोलिक बनोट तथा यसमा भएको प्राकृतिक श्रोत जसमा मौरीलाई उपयुक्त हुने बोटबिरुवाको बाहुल्यता हुनुका साथै समय समयमा लाग्ने बालीनाली मौरीचरनको रूपमा अति नै उपयुक्त हुने गर्दछ । वनजङ्गलमा भएका वनस्पतिहरू पनि चरनको रूपमा प्रयोग भई मौरीपालनमा सघाउ पुग्न सक्दछ । नेपालको विद्यमान वनजङ्गल, खेतीप्रणाली र चरनक्षमतालाई समेत हेर्दा लगभग ५ लाख एपिस मेलिफेरा र ५ लाख एपिस सेरेना जात गरि १० लाखसम्म मौरीगोला पालन गर्न सकिने अनुमान गरिएको छ भने बार्षिक २० हजार मे। टन भन्दा वढि मह उत्पादन गर्न सकिने देखिन्छ ।
नेपालका ग्रामिण क्षेत्रमा परम्परागत रूपमा मौरी पाल्दै आएको अनुभवलाई पनि सँगाली व्यावसायिक रूपमा मौरीपालन गर्न सकिने व्यापक सम्भावना रहेको छ ।मौरीलाई उपयुक्त वातावरण जुटाई आधुनिक तरिकाले पाल्ने र मौरीका विभिन्न उपादेयताहरूको उपयोग गरी लाभ लिने भरपर्दो कार्य मौरीपालन व्यवसाय हो । नेपाल कृषिप्रधान देश भएको कारण आधुनिक खेती प्रणालीमा विशेष गरी बालीहरूमा परागसेचनको आवश्यकता पर्दछ, साथै मौरी एउटा प्रभावकारी परागसेचक किरा भएकोले मौरीपालनबाट यस क्षेत्रमा पनि अधिकतम लाभ लिन सकिन्छ भन्ने तथ्य स्पष्ट छ । वागमती प्रदेशमा उपलब्ध प्राकृतिक चरनको श्रोत, सीप तथा माग समेतको बिष्लेषण गर्दा यहाँ मौरीपालन ब्यवसायको प्रचुर सम्भावना रहेको देखिन्छ । विशेषत चितवन जिल्ला एपिस मेलिफेराको मह उत्पादनको सन्दर्भमा हव नै बनेको छ । चितवन, मकवानपुर, धादिङ्ग, नुवाकोट, ललितपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक जिल्लाहरुमा व्यवसायिक रुपमा मौरीपालन हुदै आएको छ ।कम उचाई भएका क्षेत्रमा एपिस मेलिफेरा जात र धेरै उचाई भएको क्षेत्रमा एपिस सेरेना जातको मौरीपालन गरिन्छ ।
धादिङ्ग जिल्लाको करिब ११५० मिटरको उचाईमा रहेको सिद्धलेक गाँउपालिकामा सेरेना अर्थात लोकल मौरीको व्यवसायिक पालन भएको पाइन्छ । उक्त क्षेत्रमा सेरेना जातको मौरी परम्परागत मुढेघारका साथै आधुनिक घारमा पालन गर्दै आएका छन् ।वनमा उपलव्ध हुने टुनी, चिलाउने अथवा मौरीलाई मन पर्ने काठवाट मुढे घार वनाउने प्रचलन छ ।
धादिङ्ग जिल्लाको सिद्धलेक गाँउपालिकामा परम्परागत मुढेघारमा मौरीपालन
मुढेघार एपिस सेरेना मौरीको परम्परागत घार तथा बासस्थान हो । मुढेघारलाई कृषकहरुले घरको बार्तलीमा झुन्डाएर मौरीपालन गर्ने गरेको पाइन्छ । मुढेघारमा मौरीको गतिविधि तथा अन्य कार्य गर्न सहजताको लागि घारको दुवै तर्फवाट घार खोल्न मिल्ने गरि मुढेघारको ढक्कन तयार गरिएको हुन्छ । औषतमा २७(३० इन्च लम्वाई र ८(१० इन्च मोटाई भएका खोक्रो मुढावाट मुढेघार तयार गरि मौरीपालन गर्दै आएका छन् । यसरी मुढेघारमा मौरीपालन गर्ने मौरीपालकहरुले कार्तिक महिना र जेष्ठ महिनाको पहिलो हप्ता गरि बार्षिक रुपमा दुई पटक सम्म मह काढ्ने गरेका छन भने बार्षिक रुपमा प्रति मुढेघार ५ के। जी। मह उत्पादन गरेका छन् । कृतिम रुपमा मौरी आहार खुवाउने अभ्यास भने मुढेघारमा मौरीपालन गर्नेले निकै कम गरेको पाइन्छ तसर्थ आफ्नै खेती प्रणाली र नजिकको जंगली श्रोतहरु मौरीका चरन क्षेत्रहरु हुन् । यस प्रकारको परम्परागत घारमा मौरीपालन गर्दा मौरीको नियमित निरक्षण, नियमित व्यवस्थापन, कृतिम आहारहरु व्यवस्थापन गर्न भने कठिनाई रहको पाइयो ।
सिद्धलेक गाँउपालिका वडा नं। ३ झार्लाङ्गमा परम्परागत रुपमा मौरीपालन
सिद्धलेक गाँउपालिकामा परम्परागत मुढेघार लगायत आधुनिक घारमा समेत एपिस सेरेना मौरी पालन गर्दै आएका छन र परम्परागत घारवाट आधुनिक घारमा मौरी स्थान्तरण गर्ने प्रचलन पनि छ । सेरेना जातको मौरी पालन गर्ने आधुनिक घार न्युटन वि टाइपको घार हो । जुन विशेषत टुनीको काठ तथा मौरीलाई मन पर्ने अन्य काठवाट पनि तयार गरिन्छ । सिद्धलेक गाँउपालिकाका मौरीपालकहरुले करिव ७र८ घारगोला देखि ७५र८० घारगोला सम्म आधुनिक घारमा मौरी पालन गर्दै आएका छन । आधुनिक घारमा मौरीपालन गर्दा मौरीको गतिविधि तथा अन्य व्यवस्थापन गर्न निकै सहज हुन्छ । आधुनिक घारमा रहेको फ्रेम निकालेर मौरीको अवस्था, रोग किरा तथा अन्य कृयाकलापहरु सजिलै अवलोकन गर्न सकिन्छ ।आधुनिक घारमा मौरीपालन गर्दा अधिकांश कृषकहरुले निकै न्युन रुपमा कृतिम आहारको प्रयोग गर्ने गरेको पाइयो अर्थात विद्यमान खेती प्रणाली, जंगली श्रोत तथा अन्य फुल फुल्ने बिरुवाहरुवाट मौरीले मुख्य आहार प्राप्त गरेको देखिन्छ । चिलाउने, कटुस, टाँकी, झुसेतिल, खिर्रो, काँइयो, वुडधारे, मयल, मस्याङ्, तोरी लगायत अन्य फुल फुल्ने विरुवा मौरीको मुख्य चरन रहेको छ ।आधुनिक घारवाट बार्षिक रुपमा कार्तिक देखि कार्तिक(मंसिरको पहिलो हप्ता सम्म २ पटक र जेष्ठ महिनाको पहिलो हप्ता सम्ममा १ पटक गरि ३ पटक मह काढ्ने गरिन्छ । एक पटक मह काढ्दा करिव ५ के। जी।का दरले बार्षिक १५ के। जी। सम्म प्रति घार मह उत्पादन हुन्छ । तर प्रतिकुल मौसममा भने बार्षिक रुपमा २ पटकमात्र मह काढ्ने गरिन्छ ।
मौरीपालन गर्दा पहाडी जिल्लामा अरिङ्गाल, मलसाप्रोहरुले निकै दुःख दिने गरेको पाइन्छ । त्यसको व्यवस्थापनको लागि अरिङ्गालको पासो, लामखुट्टे मार्ने व्याट प्रयोग गरि अरिङ्गालको व्यवस्थापन गरेका छन भने सिउडीको काडाँ घार माथि तथा घारको वरपर राखेर मलसाप्रोको व्यवस्थापन गरेका छन ।