ललितपुर। कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले वर्तमान समयमा कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन नसक्ने स्पष्ट पार्नुभएको छ ।

कृषि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खाद्य तथा कृषि सङ्गठन (एफएओ) र अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य एजेन्सी (युएसए आईडी)द्वारा संयुक्तरुपमा आयोजित ‘एग्रिटेक’ बैठकमा सचिव शर्माले विश्वव्यापी रुपमा डिजिटल विस्तारको परिपेक्षमा नेपालको कृषिक्षेत्र अछुतो रहन नसक्ने बताउनुभएको हो ।

सरकारले विभिन्न क्षेत्रमा प्रयोग गर्दै आएका डिजिटल नीति कृषि क्षेत्रमा पनि लागू गरेको र विस्तार हुँदै गएको उहाँको भनाइ छ । “करिब दश लाख किसान डिजिटल कृषिमा सूचीकृत भएका छन् । तीन तहबीच समन्वय गरी साना किसानको पहुँचका लागि मन्त्रालय प्रयासरत छ ।”

कुल ७३ प्रतिशत किसानले स्मार्ट फोनको प्रयोग गर्नु कृषि क्षेत्रको प्रवद्र्धनका लागि सुनौलो अवसर रहेकाले यसको प्रभावकारी ढङ्गले कार्यान्वयन गरी उत्पादकत्व वृद्धि गर्न सकिने उहाँले बताउनुभयो । किसानका मूल्य निर्धारण, बीउविजन, मल, अनुदान, वातावरणीय जोखिमलगायतका समस्यालाई डिजिलाइजेशनले न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ । यसको प्रभावकारी कार्यान्वयन गर्न तीन तहबीच सहकार्य र समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले किसानलाई इन्टरनेटको पहुँचमा विस्तार गरी उत्पादकत्व वुद्धि गर्नु आजको आवश्यकता रहको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि उत्पादनमा आत्मनिर्भर हुन नसकेको नैराश्यता हटाउन डिजिटलाइजेशले महत्वपूर्ण टेवा पु्याउँछ । किसानको पहुँचमा अभिवृद्धि गरी यसको विस्तार गर्नु आजको आवश्यकतो हो ।” डिजिटलाइजेशलने खाद्य सम्प्रभुताको जोखिमलाई न्यूनीकरणमा मद्दत गर्ने उहाँको भनाइ छ ।

कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले नेपालमा डिजिटलाइजेशनको विद्यमान अवस्थाबारे प्रस्तुत गर्दै किसानको सुचीकरणको विस्तारमा मन्त्रालय प्रयासरत रहेको जानकारी दिनुभयो ।

किसानको मुख्य समस्या उत्पादनको मूल्य निर्धारण रहेकाले प्रविधिमा आवद्ध गराई सही सूचना प्राप्त गराई समस्यामुक्त गर्न मन्त्रालयले पहल गरिरहेको उहाँले बताउनुभयो ।

खाद्य तथा कृषि सङ्गठन९एफएओ०का प्रतिनिधित्व केन सिमिजुले कृषिक्षेत्रमा युवाको सहभागिता आवश्यक रहेको बताउनुभयो । विश्वव्यापीरुपमा कृषिलाई प्रविधिमैत्री बनाउन युवाको ठूलो सहयोग हुने उहाँको भनाइ छ । मन्त्रालयले ‘एग्रिकल्चर फ्रेमवर्क’ कार्यान्वयनलाई प्रभावकारी गराउन विभिन्न सरोकारवाला पक्षबीच छलफल गरेको थियो ।