
ललितपुर। किसानहरुको लागि आवश्यक पर्ने बीउ विजन एवं कृषि सम्बन्धी यन्त्र तथा उपकरण विक्रि वितरण गर्दै आएको सक्कल एग्रो प्रा.लीले एग्रो मार्ट पनि संचालनमा ल्याएको छ । किसानलाई उचित मूल्य दिई उपभोक्तालाई सस्तो मूल्यमा कृषिउपज विक्री गर्ने उद्देश्यले एग्रो मार्ट पौष १८ गतेदेखि सञ्चालनमा आएको हो ।
मार्टले खाद्यान्न, दलहन बाली, तरकारी र विभिन्न स्थानीय उत्पादनहरुको विक्री वितरण गर्नुका अलावा किसानहरुको लागि आवश्यक पर्ने बीउ विजनका साथै कौसी खेती सम्बन्धी आवश्यक सम्पूर्ण सामानहरु राखिएको संचालक सक्कल थापाले जानकारी दिए । उपभोक्ताले उचित मूल्य तिरेर पनि शुद्ध खाद्यान्न र तरकारी किन्न नपाएकाले विषादीमुक्त खाद्यान्न र तरकारीहरुको बजार बिस्तारलाई ध्यान दिंदै मार्ट संचालनमा ल्याएको सञ्चालक थापाको भनाई छ ।
हिमाल, पहाडी र तराईका केही जिल्लामा उत्पादन भएका लोकल खाद्यान्न सहित ५ सय भन्दा बढी कृषि उपज एकै ठाउँमा खरीद गर्न सकिने उदेश्यले ललितपुरको सातदोबाटोमा संचालनमा आएको मार्टले चाडैं अन्य स्थानमा पनि शाखा विस्तार गर्ने लक्ष्य राखेको छ ।