ललितपुर। नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी चितवनको भरतपुरमा हुने भएको छ । माघ ५ देखि ८ गते सम्म संचालन हुने मेलाले नेपालको कृषि तथा पशुपालनको क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण एवं व्यवसायीकरण गर्न टेवा पु¥याउने आयोजक संस्था नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)ले जनाएको छ । एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षा गरेको आयोजकले प्रदर्शनीको अवलोकनमा जाने कृषकहरुलाई लक्षित गरी पशुपालन, कुखुरापालन, नगदेवाली, सिँचाई, डेरी सञ्चालन मात्र नभई कृषिका नविनतम औजार, उपकरणबारे प्रदर्शनीस्थलमै विस्तृत जानकारी दिने तयारी गरेको नामियाका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव कृष्ण शर्माले एक सय पचास स्टल रहने मेलामा दुई हजार भन्दा बढी कृषि औजार तथा उपकरण अवबलोकन गर्न सकिने बताए । नेपालको कृषि यान्त्रीकरणमा टेवा पु¥याउने उदेश्यले वि.सं.२०७१ सालमा नेपाल कृषि यान्त्रीकरण व्यवसायी संघको स्थापना भएको हो ।

मेलाका मुख्य आकर्षण :
कृषि प्रबिधिको प्रदर्शनी
कृषि यान्त्रिकरणको प्रदर्शनी
बिभिन्न्न रैथाने बाली प्रदर्शनी
कृषि सम्बन्धि सेमिनार, गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम
बाली बिमा सम्बन्धि सुबिधा
कृषि सम्बन्धि बीउ, बिषादी, मल र अन्य उपकरणको प्रदर्शनी एवं खरिद बिक्रि सुबिधा
उन्नत बिधि र प्रबिधिको स्थलगत प्रदर्शनी
कृषि संग सम्बन्धित विभिन्न संघ संस्थाको प्रदर्शनी
विभिन्न परिकारका खाजा स्टलहरु
नि: शुल्क प्रवेश