एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीन ओटा विवादित कृषि क़ानून फिर्ता लिएको घोषणा गरेका छन् ।
उनले शुक्रवार राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । ती तीन ओटा कृषि कानून रद्द गर्नुपर्ने माग राख्दै देशभर कृषकले विगत एक वर्षदेखि विरोध प्रदर्शन गर्दै आएका थिए ।
मोदी सरकार उक्त कानून फिर्ता लिन तयार थिएन । तर, उत्तर प्रदेश तथा पंजावमा केहि समय पछि हुन गइरहेको विधान सभाको चुनावलाई ध्यानमा राख्दै कृषि कानून फिर्ता लिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त कानून भने यो महीनाको अन्यतिर शुरु हुने संसद सत्रमा संवैधानिक प्रक्रियामार्फत रद्द हुने छ ।
प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा किसानलाई बुझाउन नसक्दा किसानको अवस्था सुधार गर्ने उद्धेष्यले ल्याएको कानून फिर्ता गर्नु परेको बताएका छन् ।
आन्दोलनको क्रममा ६०० भन्दा बढी कृषकको मृत्यु भइसकेको छ । उता आन्दोलनरत पक्षले तत्काल आन्दोलन समाप्त नहुने बताएका छन् ।