“नेपालमा धेरै उत्पादन हुने र राम्रो बजार मुल्य भएको साथै स्वास्थ्यको लागि राम्रो तर धेरै मानिसहरुले यसको व्यावासायिक खेति नगरेको तरकारी मध्य Spine Gourd एक हो ।”

Fig. Spine Gourd

सामान्य हेरचाह र थोरै लगानीमा राम्रो उत्पादन गर्न सकिने, स्वास्थ्यको लागि धेरै फाइदाजनक, धेरै मानिसले रुचाउने एक बहुवर्षिय लहरा जाने तरकारी हो । यसको फललाई तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ । स्थानिय नाम खेक्सी , अंग्रेजी नाम Spine Gourd र वैज्ञानिक नाम Momordica dioica भएको यो तरकारी Cucurbitaceous परिवारमा पर्छ । यसको फलको बाहिरी बनावट तिते करेलाको जस्तै भएता पनि स्वादमा फरक ,आकारमा सानो, गोलो र फलको रंग हरियो हुन्छ । यसको पात सानो र पहेलो रंगको फुल हुन्छ । यो तरकारी खेति नेपालको पश्चिम तराई र मध्य पहाडमा पाउन सकिन्छ । सामान्यतया गर्मी मौसममा यसको खेति गरिन्छ ।

खेक्सीको स्वास्थ्यजनक फाइदाहरु :

  • यसले Blood Sugar Level घटाउन मद्धत गर्छ ।
  • Anti-Ageing को रुपमा काम गर्छ ।
  • आंखाको ज्योति बढाउन काम गर्छ ।
  • यसले Cancer हुने सम्भावनालाई कम गर्छ ।
  • मृगौलामा भएको पट्ठरीलाई हटाउन मद्धत गर्छ ।
  • Piles लाई कम गर्न मद्धत गर्छ ।
  • यसले पाचन प्रक्रियामा पनि मद्धत गर्छ ।

उन्नत खेति प्रविधि

विउ र बेर्नाको तयारी
पहिला पहिला किसानहरुले यसको जंगली जातको बेर्ना जंगलबाट ल्याएर लगाई धरमा आफुले खान मात्रै प्रयोग गर्दथे, तर समय संगै यसको औषधिय गुणको महत्व थाहा पाउदै गएपछि धरमै विउ राख्ने गरेर अहिले आफनै खेतमा बेर्ना तयार गरेर पश्चिमी नेपालको धेरै क्षेत्रमा किसानहरु यसको व्यवसायिक खेतितिर आकर्षित भएको देखिन्छ ।

क)  विउ – फल पाकेर हरियोबाट सुन्तला रंगमा परिणत भएपछि विउ राखिन्छ ।

  • विउ राख्दा २ से.मि. गहिराइमा २-३ विउ रोप्नुपर्छ ।
  • विउ र विउबाट बनेको बेर्ना सार्ने समय स् फागुन(चैत्र मा नर्सरी बेडमा विउ छरी वैशाख देखि जेठमा बेर्ना मुख्य जमिनमा रोपिन्छ ।

ख) ट्यूबर – कार्तिक देखि मंसिर महिनामा ट्यूबरलाई ५ से.मि. को फरकमा जमिनमुनि गाडेर राखिन्छ र बैशाख देखि जेठ महिनामा सोही ठाउंमा नै तयार भएको बेर्नालाई उखेली मुख्य जमिनमा सारिन्छ । ट्युवरबाट तयार पारेको बेर्ना छिटो फल दिने र गुणस्तरयुक्त तथा धेरै फल दिने भएको हुनाले व्यवसायिक खेतिको लागि ट्युवरबाट तयार पारेको बेर्नाको प्रयोग उचित मानिन्छ ।

Fig.Tuber

विउदरः १.५ K.G. देखि २ K.G. प्रति Acre

ट्यूबरदरः ३००० देखि ५००० ट्यूबर प्रति हेक्टर

माटोः चिम्टाईलो माटोमा वर्षातको समयमा भारी वर्षा हुने भएको बेलामा पानी जम्ने समस्याले, विरुवा पहेलो हुने,विरुवाको बृद्धि विकास घट्ने, फल सानो हुने र उत्पादनमा असर पर्ने हुनाले जमिनमा प्रशस्त प्रांगारिक मल भएको, पानीको निकास भएको बलौटे दोमट माटो हुनुपर्छ ।
( गुणस्तरयुक्त स्वस्थ फल उत्पादनको लागी माटोको PH मान ५.५ देखि ७ राम्रो मानिन्छ ।)

तापक्रमः यो तरकारी तराइदेखि मध्य पहाडको गर्मी मौसममा लगाइन्छ । विरुवाको राम्रो वृद्धि विकासको लागि सुर्यको उचित प्रकाश पर्ने २७०C – ३२०C तापक्रम राम्रो मानिन्छ ।

जग्गाको तयारीः घर वरपर सजिलै पाउन सकिने साधनको प्रयोग गरी २-३ पटक सम्म जग्गाको खनजोट गरी माटोलाई मसिनो बनाउनुपर्दछ । यसरी धेरै पटक घाममा खनजोट गर्नाले माटोमा रहेको झारपात सुक्ने, हानिकारक किराहरु नष्ट हुने गर्दछ । जमिनमा प्रशस्त मात्रामा प्रांगारिक मल हालि जमिन सम्म मिलेको र सिंचाईको र पानी निकासको राम्रो सुविधा बनाउनुपर्दछ ।

बेर्ना रोप्ने दुरीः पहिले पहिले मानिसहरु जहांतही विरुवा राप्ने गर्दथे तर आधुनिक प्रविधिद्धारा विरुवा देखि विरुवा र लाईन देखि लाईनको दुरी कायम गरी लगाउदा विरुवाको राम्रो वृद्धिविकास हुने र आवश्यक मात्रामा सुर्यको प्रकाश पनि सजिलै पाउन सक्दछ त्यसैले यसरी राम्रोसंग तयार पारेको जमिनमा १५ से. मि. गहिराई भएको खाडल खनी एक एक विरुवा रोप्नुपर्दछ ।

कायम गर्नुपर्ने दुरी
लाइन देखि लाइन दुरी – २ मि. / विरुवा देखि विरुवा दुरी – ७० – ८० से. मि.

सिचांइ

बेर्ना मुख्य जमिनमा सारिसकेपछि हलुका पानी दिनुपर्दछ । यो तरकारी वर्षातको समयमा हुने भएको हुनाले खासै सिंचाई गरिराख्नुपर्दैन, तर यदि जमिन सुख्खा छ भने हप्ताको दुई पटक सम्म सिंचाई गर्नुपर्छ र वर्षातको समयमा जमिनमा पानी जम्ने समस्याले विरुवा मर्न सक्ने भएकोले पानीको उचित निकासको लागी राम्रो सुविधा हुन अतिआवश्यक हुन्छ ।

थाक्रा

लहरा जाने तरकारी भएको हुनाले यसलाई थाक्राको अति आवश्यक पर्छ । हामीले धेरै किसिमले थाक्रा दिन सकिन्छ जस्तै बासको थाक्रा गाडेर, नाइलनको डोरीहरुले लगाएर इत्यादि । थाक्रा दिनले विरुवाको राम्रो बृद्धि बिकास हुन्छ । सुर्यको प्रकाश प्रशस्त रुपमा सजिलै पाउन सक्छ र फल माटोको स्पर्शमा नपर्ने भएकोले फल कुहिने सम्भावना पनि हुदैन । रोग, किरा लाग्ने सम्भावना कम हुन्छ र उत्पादन वृद्धिमा पनि थाक्राले सहयोग पु¥याउछ ।

मलखाद व्यवस्थापन
१. प्रांगारिक मल : जग्गा तयारीको बेलामा राम्रोसंग पाकेको Compost मल १५ देखि २० टन प्रति हेक्टर राख्नुपर्छ । प्रांगारिक मल प्रयोग गर्नाले माटोको बनावट, माटोमा रहेका शुक्ष्म जिवहरु, माटोको चिस्थान राम्रो हुने र विरुवालाई चाहिने धेरै तत्वहरु सजिलै पुर्ती गरी विरुवाको राम्रो बृद्धि हुने गर्दछ ।
२.रासायनिक मल : नाइट्रोजन १२० K.G.,फस्फोरस ८० K.G.,पोटास ८० K.G. प्रति हेक्टरका दरले फस्फोरस र पोटास जग्गा तयारीको बेलामा सबै हाल्नुपर्छ भने नाइट्रोजन आधा भाग लहरा फैलिने बेलामा र आधा भाग फुल फुल्ने बेलामा हाल्नुपर्छ ।

झारपात व्यवस्थापन
सानो कुटो अथवा हातले टिपेर झार रहित बनाउनुपर्छ अथवा प्रायजसो किसानहरुले भुईमा छापो राखेर तलतिर पर्वर र बिचबिचमा खेक्सीको बेर्ना लगाई थाक्रा दिइएको र राम्रो उत्पादन लिईएको पनि पाइन्छ । यसरी एउटै ठाउबाट दुईवटा तरकारीको संगै उत्पादन गरी फाइदा लिन पनि सकिन्छ ।
मुख्य रोग र किराहरु
अहिले सम्म किसानहरु जंगली जातका बेर्नाहरु लगाउने गरेको पाइएकोले खासै रोग र किराले असर गरेको देखिदैन, यद्यपी रोग,किरा लागि हालेमा धरमा तयार पारिएको जैविक किटनासक बिषादीहरु जस्तै गाईको गहुत, निम, तितेपातीको झोलमोल छर्किएर रोकथाम गरेको पाइन्छ । साथै विभिन्न किरा पासोहरु प्रयोग गरेर अथवा हातले टिपेर किराहरु नियन्त्रण गर्न सकिन्छ ।

  • रोगहरु – पाउडेरी मिल्ड्यू (Powdery mildew), एन्थ्राकनोज (Anthracnose)
  • किराहरु ( फ्रुत फलाइ (Fruit Fly) , निमातोड (Nematodes)

कटाई (Harvesting)

विउबाट तयार पारेको बेर्ना लगाउदा पहिलो वर्ष ७० ८० दिनमा र दोस्रो वर्ष ३५-४० दिनमा भने ट्युवरबाट तयार पारेको बेर्ना लगाउदा ३५ देखि ४० दिनमा फल टिप्नको लागि तयार हुन्छ ।
फललाई हरियो हुंदा नै एक ए दिनको फरकमा टिप्न सकिन्छ ।

उत्पादन

राम्रो हेरचाह, प्राप्त मात्रामा मल र समय समयमा पानी दिन सकेमा ७५ देखि १०० Quintal प्रति हेक्टर उत्पादन गर्न सकिन्छ । हाल यसको मुल्य स्थानिय बजारमा ७० रुपैंया प्रति के. जि. आसपास थोक मुल्य रहेको छ ।