हालको समयमा नेपालको कृषि क्षेत्रले धेरै नै ब्याकपता पाइरहेको छ। समयको गति सगैं नेपालको कृषि क्षेत्रमा नयाँ प्रबिधिहरुको प्रयोग पनि हुदैआइरहेको हामिले देख्न सक्छौ। अहिले कृषि क्षेत्र किसानको मात्र नभएर विध्यार्थी, युवा, व्यापारी गर्दै देशको बिकासको अभिन्न अङ्गको रुपमा रहेको छ। देशको ६०.४ % जनसङख्या कृषि मै निर्भर रहेर जिविकोपार्जन गरिरहेका छन्। देशको तिब्र बिकासमा कृषिको महत्वपुर्ण भूमिका रहेको हुनाले पनि अन्तिम दशक यता सरकारले पनि कृषि क्षेत्रको विकासमा प्राथमिकता दिदै आइरहेको छ। यस्तै क्रममा नेपालमा आधुनिक कृषि प्रणालीको प्रचलन् बढ्दै छ। कृषिप्रधान देश भएतापनि अन्य देशमा कृषि उपजको लागि निर्भर रहनु पर्दा आधुनिक कृषि प्रणालीको प्रयोग गरी कृषि उत्पादन् बढाउन पर्ने आजको आवश्यकता पनि हो।

आधुनिक प्रबिधि, ग्यान, सीप तथा मेसिन औजारको उपयोग गरी कृषि उत्पादन् र गुणस्तर बढाउने हेतुले गरिने कृषि नै आधुनिक कृषि प्रणाली हो। आधुनिक कृषि प्रणाली कृषि उपजको उत्पादन र गुणस्तर बढाई अधिकतम् आम्दानी लिन केन्द्रित रहेको हुन्छ। बिभिन्न हाइब्रिड जातको बिउविजनको प्रयोग गर्ने, रसायनिक मलको प्रयोग गरी बिरुवालाई प्रशस्त खाध्यतत्व पुर्याउने, रोगकिराको नियन्त्रणको लागि बिभिन्न रसायनिक बिषाधिको प्रयोग गर्ने, बाली रोप्न, गोड्न, काट्न, भित्रयाउन र जमिनको तयारी गर्न बिभिन्न मेसिनरी औजारको प्रयोग गर्ने जस्ता प्रबिधिहरु आधुनिक कृषि प्रणाली अन्तर्गत पर्दछ। साथै आधुनिक कृषि प्रणालीले उत्पादित कृषि उपजको ब्यवस्थित बजारीकरण, भण्डारण, निर्यातमा तथा सिचांइको लागि सरंचनाको निर्माणमा पनि ध्यान पुर्याएको हुन्छ।

नेपालमा पनि बिभिन्न हाइब़्रिड जातको प्रयोग, रसायनिक बिषादि, मलको प्रयोग गरी कृषि उत्पादन बढाउने काम हुदै छ्र कृषिमा परिवर्तन लेराउने हेतुले सरकारी तर्फबाट पनि बिभिन्न कार्यक्रमहरु हुदै छ। आधुनिक मेसिन, औजारहरु किसान सम्म पुर्याउने, उन्नत वीज किसानलाई बाडने, बजारीकरण, भण्डारण र सिचांइको लागि संरचनाहरु निर्माण हुदै छन। तर, हरेक कुराको सकरात्मक पक्ष मात्र नभई नकरात्मक पक्ष पनि हुन्छ भने झै आधुनिक कृषि प्रणालीमा पनि धेरै चुनौतीहरु तथा जोखिम रहेको छ। तत्कालिन कृषि उत्पादन र आम्दानीलाई मात्र नहेरेर दिर्घकालिन कृषि उपयोगलाइ मनन गर्ने हो भने आधुनिक कृषिले दिगोकृषिमा धेरै चुनौतीहरु प्रस्तुत गर्दछ।

विज्ञान र प्रबिधिको प्रयोगले कृषि उत्पादन बढाउनु, तत्कालिन आवश्यकता पुरा गर्नु एकतर्फ राम्रो हो तर यसको दिर्घकालिन असरलाई वेवास्ता गर्न सकिदैन। बिभिन्न बिषादी, रसायनिक मलको अत्याधिक प्रयोग गर्नाले दिर्घकालिन रुपमा माटोको जीवहरुलाई हानि गरी माटोको उत्पादित क्षमता घटाउने, कृषि उपजमा बिषादीको जीवाशेष रहेर मानिस तथा जीवजनावरले त्यस्तो उपज सेवन गर्दा बिभिन्न किसिमको रोगहरु निम्त्याउने साथै हाम्रो वातावरणलाई नै दुषित पार्ने जस्तो समस्याहरु देखिन्छन। यसरी जमिनमा बस्ने जीवहरुलाई मात्र नभएर हामिले प्रयोग गरेको बिषादीले जमिनमुनिको पानीको मुहानलाई दुषित बनाई नजिकका खोलानाला र त्यहा बस्ने जीवहरुलाई पनि दिर्घकालिन रुपमा असर पुर्याउदछ। यस्तै वातावरणमा रहेका फलदायि सिकारु किराहरु, प्ररागसेचनमा मद्दत पुर्याउने किराहरुलाई पनि नष्ट गर्दछ। आधुनिक मेसिन, औजारको प्रयोग, बिभिन्न संरचनाहरुले देशको भौगोलिक बनावटलाई असर पुर्याई प्राकृतिक प्रकोप नै निम्त्याउन सक्ने सम्भावना पनि देखिन्छ।

अत: के आधुनिक कृषि प्रबिधि नै नअपनाउने तरुरु भन्ने प्रश्न पनि पक्कै आउला। समयले कोल्टो फेर्दै जादा नेपालमा पनि कृषिलाइ नयाँ स्वरुप दिन, नयाँ परिवर्तन ल्याउन जरुरत छ। नेपालमा धेरैजसो किसानहरु सानो क्षेत्रफलमा कृषि गर्दै आइरहेका छन। भौगोलिक हिसाबले पनि नेपालमा प्रशस्त प्राकृतिक स्रोतसाधनहरु छन। आधुनिक प्रबिधिलाई आफ्नो स्थानिय वातावरण अनुसार ढाल दिएर वातावरणलाई कम असर हुने र उत्पादन पनि राम्रो हुने गरी कृषि गर्दा दिर्घकालिन रुपमा कृषिबाट फाइदा लिन सकिन्छ।

रोगकिराहरुको नियन्त्रणको लागि एकिकृत किट नियन्त्रण (Integrated pest management) प्रबिधिको प्रयोग एक महत्वपूर्ण उदाहरण हो। यसमा रसायनको प्रयोगको साथसाथै भौतिक, जैविक वस्तुको पनि प्रयोग गरी रोगकिरा ब्यवस्थापन गरिन्छ। यस्तै कम्षोट मल, गाइबस्तुको मल, गड्यौले मलको प्रयोग बढाइ रसायनको प्रयोग घटाउन सकिन्छ। रैथाने जातका बिउविजनलाइ उत्पादन बढाउने उन्नत जात बनाउन तर्फ ध्यान दिन सकिन्छ। बाली संरक्षण (conservation agriculture) को धारणालाई अपनाएर दिगोकृषिमा लाग्ने हो भने उत्पादन, गुणस्तर साथै वातावरण संरक्षण सबैलाइ समेटेर कृषि बिकास गर्न सकिन्छ। ग्यान, सिपको आधारमा उत्पादन बढाउन सकिने जस्तै तेस्रो पुस्ता कटिङ्ग (3G- cutting) जस्ता प्रबिधिलाई जोड दिन सकिन्छ।

साना हाते मेसिनको प्रयोग, वातावरण मैत्रि संरचनाले भौगोलिक बनावटलाइ कम चाप दिनेछ। बिभिन्न धुम्ति बालीको प्रयोग, स्थानिय मौसम अनुसारको बाली उत्पादन, कृषि बाली सगै रुखबिरुवा,घास खेती जस्ता प्रविधि पनि वातावरण मैत्रि छन। यसरी आधुनिक विग्यान, प्रविधिलाइ प्रयोग गरी स्थानिय सीप, ग्यान र स्रोतसाधनको सहि उपयोग हुन सक्ने गरी कृषि गर्न सम्पूर्ण नेपाली किसानहरु तथा नेपाल सरकारका सम्बन्धित निकायहरुले जोड दिइ देश बिकासमा टेवा पुर्याउन जरुरी छ।