हाल नेपालमा पछिल्लो बर्षदेखि कृषकहरुले चिस्यान संरक्षण र झार नियन्त्रणको लागि विभिन्न उपायहरु जस्तै छ्वालि, सुकेको पात, पराल आदि ल्याई रहेका छन, तर अहिले अधिकाशं कृषकहरुले प्लास्टिकको छापो (प्लास्टिक मल्चिङ्ग) प्रयोग गर्दै खेती गरेकोले निकै फाईदा भएको पाईएको छ । कृषकहरुको भनाई अनुसार यो प्रविधि सबै भन्दा राम्रो र प्रभावकारी तरीका रहेको बताउँछन । पास्टिकको छाप्रो भनेको विरुवाको आसपासको जमिनलाई प्लास्टिकद्वारा ढाक्ने प्रविधि हो । जसबाट माटोको तापक्रम बढ्ने र घट्ने प्रकृयामा प्रभावकारी तरीकाले नियन्त्रण गर्नुको साथै विरुवाको बृद्धि विकास गर्न मद्धत गर्दछ । वर्तमान समयमा प्रयोग गरिएका पराल, खर आदि बढी मात्रामा सजिलोसंग उपलब्ध नहुने र बढी लागतका कारण अहिले नेपालमा प्लास्टिक छापोे एउटा राम्रो विकल्पको रुपमा आएको प्रविधि हो । यो सजलोसंग एग्रोभेटमा उपलब्ध हुने र कृषकलाई एक ठाँउबाट अर्को ठाँउमा लैजान पनि सहज हुने र प्रयोग विधि पनि सजिलो भएकोले कृषकहरुले बढी जसो प्रयोगमा ल्याई रहेका छन । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट संचालित ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना नेपाल (किसान–२) कृषि कार्यक्रमको नयाँ प्रविधि मध्ये यो प्लास्टिक छापो प्रविधि पनि अधिकाशं कृषकहरुलाई राम्रो लागेर प्रयोगमा पनि ल्याई सकेका छन । कृषकहरुले मल्चिङ्ग गर्दा गोलभेडा, खोर्सानी, लहरेबाली, काउली समूहका बालीहरु र अहिले आलुमा प्रया कृषकहरुले प्रयोग गर्दै आएका छन । प्रयोग विधि सहज भएका कारण ब्यावसायिक कृषकहरुलाई यो प्रविधि प्रभावकारी भएको छ ।
प्लास्टिक छापोको फाईदाहरु :
१. विरुवाको बृद्धिको लागि अनुकुल वातावरण प्रदान गर्दछ ,
२. बाली उत्पादनमा बृद्धि गर्दछ,
३. खेतीको लगत खर्च कम गर्दछ,
४. माटोमा भएको सुक्ष्म खाद्य तत्व उडेर जानबाट बचाउँछ,
५. झारपातको न्यूनिकरण गर्दछ,
६. माटो मुनि बस्ने हानिकारक रोग तथा किराको ब्यवस्थापन गर्दछ,
७. विरुवा रोपेको माटो चिस्यान तथा तापक्रम नियन्त्रण गर्न सहयोग गर्दछ ।
प्लास्टिक बिछ्याउने तरिका :
१. बाली लगाउने जमिनलाई राम्रोसंग खनजोत गर्ने र कम्पोष्ट मल तथा रसायनिक मल प्रयोग गरी जग्गाको तयारी गर्ने,
२. प्लास्टिको चौडाई १० से.मि. र लम्बाई आवश्यकता अनुसार र १५ से.मि. जति उठेको ड्याङ बनाउने
३. प्लास्टिक रोललाई डयाङ माथी ओछ्रयाउँदै जाने र छेउबाट प्लास्टिकलाई पुर्दै जाने
४. प्लास्टिको कालो रंग जाडो मौसममा तापक्रम २५ डिग्री सेल्सियस भन्दा कम भएमा बाहिर पट्टी राखेर गर्दा जमिनमा तापक्रम बढाउन काम गर्दछ ।
५. गर्मी र बर्षा याममा २५ डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएमा सेतो रंगलाई बिछ्याउँदा पर्दछ,
६. प्लास्टिक छापो बिछ्याई सकेपछि बोट देखि बोटको दुरी अनुसार धारिलो गोलो वस्तुले प्वाल पारी विरुवा सार्नु पर्दछ
प्लास्टिक बिछ्याउँदा ध्यान दिने कुराहरु :
१. मल्चिङ्ग गर्दा बिषेश गरी गोलभेडा, काउली, खुर्सानी, भेंडेखोर्सानी आदिमा गर्नु पर्दछ,
२. विरुवाको लागि चाहिने मलखादहरु छापो बिछ्याउनु पहिले माटोमा मिलाउनु पर्दछ
३. प्लास्टिक मल्चिङ्ग गर्नु अगावै माटोको चिस्यान ध्यानमा राखि मात्र मल्चिङ्ग गर्नु पर्दछ । यसो गर्नाले माटोको तापक्रम बढ्न नपाई विरुवा मर्नबाट जोगाउँछ ।
४. प्लास्टिक बिछ्याई सकेपछि प्लास्टिक नच्यातिने गरी प्लास्टिकको दुवै भागलाई राम्रोसंग छोप्नु पर्दछ,
५. विरुवा प्लास्टिकको प्वालको सिधा मात्र लगाउने गर्नु पर्दछ,
सिंचाई सुविधा :
१. छापो प्रविधि भएको खेतबारीमा थोपा सिंचाई उपयुक्त हुन्छ
२. थोपा सिंचाईको पाईपलाई प्लास्टिक मुनीबाट राखिन्छ जसबाट सिंचाई राम्रो र सजिलोसंग हुन्छ ।
प्लास्टिक हटाउने तथा पुनः प्रयोग गर्ने तरिका
खेतबारीमा प्लास्टिक प्रदुषणको समस्या हुन नदिन र उत्पादन लिइ सकेपछि प्लास्टिकलाई खेतबाट हटाएर सहि तरीकाले पुनः प्रयोगका लागि राख्नु पर्दछ । यसरी राखिएको प्लास्टिकलाई पुनः प्रयोग गर्दा माथीको विधिहरुको अबलम्बन गरी प्रयोगमा ल्याउन सकिन्छ ।
यसर्थ प्लास्टिक मल्चिङ्गको प्रविधिले ब्यावसायिक कृषकहरुलाई समयको बचत र रोगकिराको प्रकोप कम, उत्पादनमा बृद्धि, खर्च न्यूनिकरण, माटोको ब्यवस्थापन हुने भएकाले पनः प्रयोग
अनिशा चौलागाई, कृषि प्राविधिक (विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.) पनौती क्लस्टर