ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बाख्रा र बंगुरपालनका लागि किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । साना व्यावसायिक कृषि उत्पादन केन्द्रमार्फत किसानलाई बाख्रापालनका लागि १५ लाख र बंगुरपालनका लागि १० लाख गरी २५ लाख रुपैयाँ अनुदान उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रममार्फत यो ससर्त अनुदान किसानलाई उपलब्ध गराउन लागिएको हो ।
६ सय वटा बाख्रा र ६० माउ बंगुर किसानलाई अनुदान उपलब्ध गराइनेछ । त्यसका लागि १६ माघसम्म गाउँपालिकाको पशु सेवा शाखामा आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
कानुनबमोजिम दर्ता भएका कृषि फर्म, कृषक समूह, सहकारी, जल, वन उपभोक्ता समितिले समेत अनुदानका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन दिने कृषि फर्म, कृषक समूह, वन उपभोक्ता समितिले सम्बन्धित निकायमा दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, योजना माग गर्ने संस्थाको कार्यसमितिको निर्णयको प्रतिलिपि, अध्यक्षरप्रोप्राइटर तथा सदस्यको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपिसमेत संलग्न राख्नुपर्ने गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ ।
थप जानकारीका लागि सूचना हेर्नुहोस :