खोटाङ। खोटाङको जन्तेढुंगा गाउँपालिकामा प्रथम सुन्तला महोत्सव महोत्सव सुरु भएको छ । ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पुर्वाधार’ भन्ने मुल नारासहित आज शनिवारबाट शुरु भएको महोत्सव आइतबारसम्म चल्ने छ ।

घोर्लेमा उत्पादन हुने सुन्तलाको प्रचार प्रसार गर्दै कृषकको प्रोत्साहनका लागि सुन्तला महत्वसवको आयोजना गरिएको बताइएको छ ।

गाउँपालिकाको मुख्य प्रायोजन, ग्रामिण विकास तथा अनुसन्धान केन्द्र, श्रृजनशिल आमा समुह र तिनतले कोलाताङ सामुदायीक वन घोर्लेको सह–प्रयोजनमा स्थानीय प्रगतिशिल कृषक समुह र सिलिचोङ साँस्कृतिक परिवार घोर्लेको आयोजनामा सुन्तला महोत्सवको आयोजना गरिएको हो ।

दुई दीन हुने महोत्सवमा सुन्तलाको जुस, वाईन, स्थानीय कलाकारको साथमा विविध साँस्कृतिक कार्यक्रम, साकेला शिली प्रदर्शन, लोकदोहोरी तथा नृत्य प्रतियोगीता, राई पुमाहरुको धार्मिक तथा साँस्कृतिक वस्तुहरुको प्रदर्शनीको कार्यक्रम राखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको घोर्ले सुन्तला उत्पादन हुने मुख्य क्षेत्र मध्ये एक हो । घोर्लेबाट बार्षिक करोड बढिको सुन्तला निर्यात हुने गरेको छ ।