वागमती। कालिका नगरपालिका पशु सेवा शाखाले आर्थिक वर्ष ७७ /७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि नगरपालिकाले एक सूचना प्रकाशित गरी ईच्छुक कृषक, कृषि सहकारी, कृषि व्यवसायी, नीजि फर्म लाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तोकिएको ढाँचामा प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. नयाँ प्रविधिमा आधारीत माछा पालन (बायोफ्लक) प्रविधि अनुदान
२. सहकार्यमा काउ म्याट वितरण
३. सहकार्यमा बाख्राको खोर सुधार कार्यक्रम
४. ह्वील ब्यारो वितरण
५. लागत साझेदारीमा गाई /भैंसी गोठ सुधार कार्यक्रम (५ माउ भन्दा बढी )
६. लागत साझेदारीमा च्यापकटर वितरण
७. लागत साझेदारीमा हाते ग्राँसकटर वितरण
८. प्रजनन् को लागि बोयर बोका वितरण
९. लागत साझेदारीमा गाई /भैंसी गोठ सुधार (३ माउ देखि ५ माउ सम्म )
१०. कुखुरा पालन गर्ने साना व्यवसायीलाई खोर सुधारमा अनुदान
थप जानकारीका लागि : ०५६ -४१३१३६
सूचना हेर्नुहोस :