यो वालि संरक्षण गर्ने हरेक र उपयुक्त तरिकाहरूको संगालो हो जसमा वालिनालिका शत्रुहरुको आर्थिक रुपले न्यायोचित तथा पर्यावरणिय रुपले दिगो हुने विधिहरुको छनौट गरी व्यवस्थापन गरिन्छ।

एकिकृत शत्रुजिव व्यवस्थापनको सुरुवात :
अमेरिकी जीव शास्त्रि राचेल कार्सन ई.स. १९६२ शान्त बसन्त मार्पत कीटनाशक विषादि बाट पर्न सक्ने गम्भीर असरहरु लाई व्याख्या गरेबाट विश्वव्यापी रुपमा एकिकृत शत्रुजिव व्यवस्थापन प्रति चेतना अभिवृद्धि भएको हो।यहि चेतनाको फलस्वरुप ई.स. १९८७ देखि १९९१ सम्मको अवधिमा ईन्डोनेशियायी सरकारले ५९ वटा विषादिको प्रयोगमा प्रतिबन्ध लगायो। ई.स. १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न संयुक्त राष्ट्र द्धारा आयोजित वातावरण र विकास नामक सम्मेलन बाट एकिकृत शत्रुजिव व्यवस्थापन नै विकल्प हो भन्ने ठहर्याईएको छ जसले उत्पादको ग्यारेन्टि, खर्च न्युनिकरण, वातवरण अनुकुलता, दिगो विकासमा योगदान जस्ता कुरा सार्वजनिक रुपमा पारित गरियो।ई.स. १९९९ मा नेपाल दक्षिण पूर्व एशिया अन्तर्गत सामुदायिक एकिकृत शत्रुजिव व्यवस्थापन प्रोगामको सदस्य भयो र यसको लगत्तै एकिकृत शत्रुजिव व्यवस्थापन कार्यक्रम शुरु भयो।

एकिकृत शत्रुजिव व्यवस्थापनका सिद्वान्तहरु :
 स्वस्थ बाली उत्पादन
 खेत बारिको नियमित अवलोकन
 मित्र जिवको संरक्षण
 कृषकलाई स्वयंम दक्ष बनाउनु

एकिकृत शत्रुजिव व्यवस्थापनका मुख्य तरिका :
1. खेति गर्ने तरिका :
खेति गर्दा बिभिन्न तरिका अपनाई हानिकारक जिबको संख्या कम गर्न सकिन्छ ।जमिनको राम्ररी खनजोत गर्ने , बालि लगाउने समयको हेरफेर, मिश्रित बालि घुम्ति बालि मलजलको उचित प्रबन्ध, रोग किरा अवरोधक जातहरुको प्रयोग, रोग किराले नोक्सानि नहुने वा कम हने जातको प्रयोग र खेत बारिको सरसफाई गर्नाले हानिकारक जिबको संख्या कम गर्न सकिन्छ।

2. भौतिक एवं बल प्रयोग गरेर :
भौतिक एवं बल प्रयोग गरेर पनि हानिकारक जिबको संख्या कम गर्न सकिन्छ जस्तै किरालाई हातले टिपेर, किरालाई जालितबाट पक्रेर, किरालाई टासिने सतहमा फसाउने, किरालाई बत्तिको फन्दामा पार्ने, किरालाई आकर्षक पदार्थमा आकर्षित गर्ने।

३. जैविक तरिका :
क) शिकारि र परजिवी किराहरुको प्रयोग मित्र जिव जस्तै स्त्री स्वभावको खपटे, गाईने किरा, मेन्टिस, बारुलो, माकुरो, बाघे खपटे र चराचुरुङ्गीको प्रयोग गरेर लाहि किरा पुतलिका लार्भा आदि किराहरुको नियन्त्रण गर्न सकिन्छ।
ख) शुक्ष्म जीवानुको प्रयोग
 हरियो ढुसी -खपटेका लार्भा विरुद्ध

 सेतो ढुसि -खपटेका लार्भा विरुद्ध
 ब्यासिल्लस थुरुन्जिसिस(वि.टि) -पुतलिका लार्भा विरुद्ध
 एन.पि.भि -खपटे र पुतलिका लार्भा विरुद्ध

4. स्थानिय बनस्पतिक तथा जडिबुटीबाट हानिकारक किराहरुको नियन्त्रण विधि:
वालि विरुवामा विभिन्न किराहरुले आक्रमण गरि कृषि उत्पादनमा ह्रास ल्याउन महत्वपूर्ण भूमिका रहेको छ।यसर्थ वालि संरक्षण कार्यहरुलाई दिगो तथा कृषक स्तरमा उपयोगी रुपमा प्रयोग गर्न रासायनिकविषादि अलाव गाउँ घरमा नै पाईने बनस्पतिक तथा जडिबुटीको प्रयोग विधि अपनाई कृषि उत्पादन बढाउनुतर्फ उन्मुख गराउनु पर्ने देखिन्छ। स्थानिय बनस्पतिक तथा जडिबुटीबाट हानिकारक किराहरुको नियन्त्रण गर्न लसुन र सयपत्री फुलको मिश्रण, बोझो, पुदेना र तितेपाती, पिना र खरानी, मट्टितेल र साबुन पानि, सुर्तिको बोट, खरानी र मट्टितेल, गोलभेँडाको पात, गाईभैसिको मुत्र र निमको दान तथा पात प्रयोग गर्न सकिन्छ।

5. रासायनिक तरिका बाट रोकथाम
विभिन्न किटनाशक विषादिहरुको प्रयोगबाट किरा नियन्त्रण गर्ने यो तरिका अन्तिम उपाय हो।मालाथियन, नुभान, रोगर, डर्सवान, साईपरमेर्थिन जस्ता किटनाशक विषादिहरु झोलको रुपमा विरुवामा सिधै एक. एम. एल. एक लिटर पानिमा मिसाएर प्रयोग गर्न सकिन्छ।

एकिकृत शत्रुजिव व्यवस्थापनका फाईदाहरु :
दिगो विकासको र खासगरी गरिबी निवारणमा मद्दत पुर्याउछ।कृषि उत्पादन र कृषकको आय बढाउछ।कृषकका स्वास्थमा सुधार ल्याउछ वातावरणम दुषित हुनबाट बचाउछ कृषकहरुलाई सक्षम हुन मद्दत गर्दछ।साना किसानलाई धेरै मेल खाने हुदा हाम्रो जस्तो देशमा यसको महत्व धेरै छ।