
दलहन यानि कोसेबाली Leguminosae परिवार अन्तर्गत पर्ने एक महत्वपूर्ण बाली हो। यसको महत्व मानवजाति साथसाथै पशुपन्छी अनि माटो को लागि पनि रहेको छ। यस बदलिदो समय, दिनानुदिन बढ्दो जनसंख्या अनि उनिहरुको स्वास्थ्यलाई हेर्ने हो भने यसको खेती अतिआवश्यक रहेको छ। नेपालको कुल भूभागमा यसको खेतीले ३,११,६६१ हेक्टर जमिन (खेती गरिएको मध्य १०.८%) ओगटेको छ भने यसको उत्पादन २,१४,८२० टन रहेको छ।
दलहन खेती भन्नाले दाल अनि गेडागुडी जस्तै सिमी, केराउ, भटमास, मसुरो आदिको खेती हो। यो हामीहरुको लागि अति नै आवश्यक खाध्यान्न हो जुन हाम्रो शरीरको लागि चाहिने प्रोटिनको मुख्य स्रोत बनेको छ। हामीहरूको साथसाथै पशुहरूको लागि यसको बोक्राको भुष बनाई खुवाउने चलन छ भने कुखुरा,परेवा आदिलाई यो दाना को रूपमा दिइने गरिन्छ। यसको बिरूवाको जराको नोड्युलमा Rhizobium bacteria पाइन्छ जसले वायुमण्डलमा रहेको नाइट्रोजन लाई माटोमा मिलाईदिन्छ जसले माटोको उत्पादकत्व बढाईदिन्छ। हामीले दलहन बालीलाई बालीचक्रमा प्रयोग गरेर माटोको उर्वर क्षमता वृद्धि गर्न सकिन्छ साथसाथै त्यसपछि लगाउने बालीको उत्पादन बढाउन सकिन्छ। यसको जीवनचक्र छोटो भएकोले हामीले अरू बालीको फसल गरिसकेपछिको २्/३ महिनासम्ममा पनि यसको उत्पादन लिन सकिन्छ साथै हामीले यसलाई अरू बाली को बिचबिचमा पनि लगाउँदा अरू बाली सँगै यसको उत्पादन पनि लिन सकिन्छ। हामीले यस कोसेबाली लाई कभर क्रपको रूपमा पनि प्रयोग गर्न सकिन्छसजस्तै बोडी, जसले बिरूवाको वरिपरिको जमिन ढाक्ने गर्दछ अनि माटो लाई सुख्खापन बाट बचाउँछ। साथै यसै अन्तर्गत हामीले धैँचा, मुङ्ग आदि जस्ता बालीलाई मुख्य बाली काटिसकेपछि केही समयपश्चात् त्यो बिरूवालाई माटोमै जोत्दा यसले माटोलाई कार्बोन साथसाथै नाइट्रोजन दिन्छ जसलाई हरियो मल भनिन्छ।
नेपालको सुहाउदो वातावरण र हावापानीले गर्दा हामीले सजिलै कोसेबालीको उत्पादन गर्न सकिन्छ। तहिपनि हामीले यसलाई दोस्रो मुख्य बालीको रूपमा राखेका छौं। जब कि हामीले पहिलो मुख्य बाली को रूपमा धनबाली९ धान, मकै, गहुँ० राखेका छौं। यसको प्रमुख कारण भनेको यसको थोरै उत्पादकत्व (१ टन प्रतिहेक्टर) राम्रो बिउको अभाव, आदि रहेको छ। आजभोलि नेपालमा किसानले यसको उत्पादन घटाएका छन् जसको मुख्य कारण निम्न छन् :
शारीरिक कारण :
वर्षाको मौसममा यो बढी ढल्नसक्ने सम्भावना हुन्छ,
यो moisture stress प्रति संवेदनशील बनेको हुन्छ।
जैविक कारण :
उत्पादन क्षमता बढि हुने जातको अभाव,
स्थानीय जातको बिउको प्रयोग, जसको उत्पादकत्व नै कम हुन्छ,
बालीमा लाग्ने रोग, किरा, आदिको प्रकोप।
सामाजिक तथा आर्थिक कारण :
कुनै पनि बिउको प्रजननशक्ति नजानिकन त्यसको प्रयोग,
सरोकारवालाहरु बीच समन्वयको कमी,
राम्रो बाली व्यवस्थापन र उत्पादन बढाउने प्रविधिहरूको कमी।
यसरी यी कारणहरुले गर्दा दलहन खेती को उत्पादन एकदमै कम छ।यी सबै समस्यालाई मध्यनजर गरि यस कोसेबालीलाई पनि राम्रो व्यवस्थापन दिन सक्ने हो भने बाहिरबाट यसको आयात कम गर्न सकिन्छ। यस दलहन खेती अर्थात् कोसेबालीको उत्पादन बढाउनको लागि ठाउँ, माटो अनि जलवायु अनुसार उन्नत जातको बिउको विकास गर्नुपर्दछ जसको लागि अनुसन्धानको कार्यलाई अगाडि बढाउन आवश्यक छ। अझैपनि कतिपय किसानहरु शिक्षा, बजार, आदि बाट टाढा छन्। उनिहरुसँग न उन्नत जातको बिउ छ,न कुनै औजार, न त बाली व्यवस्थापनको शिक्षा। त्यसैले यी सबै कुराहरू उनिहरुको नजिक पुर्याउन आवश्यक छ।