
जैविक खेती कृषिको त्यो विधि हो जो संश्लेषित उर्वरकहरु एवं संश्लेषितका कीटनाशकहरु बिना प्रयोग वा न्यूनतम प्रयोगमा आधारित छ तथा जो भूमिको उर्वरा शक्तिलाई बचाई राख्नका लागि फसल चक्र, हरियो मल, कम्पोस्ट आदिको प्रयोग गर्दछ।
कृषि क्षेत्रमा रसायनिक मलको प्रयोगले एक दिन कृषि योग्य जमिनहरु मरुभुमिमा परिणत हुँने भयावह अवस्थाबाट नेपालीहरुले बेलैमा बिचार पुर्याउँनु पर्ने आवश्यक देखिन्छ । नेपालमा हजारौं वर्षदेखि अपनाउदै आएको परम्परागत रसायन, विषादी र प्लाष्टिकमुक्त खेतीपातीलाई निर्वाहमुखीको आरोप लगाएर छोडेको फेरि यसलाई अपनाउन आवश्यक हुन थालेको छ ।
जलवायु परिवर्तनका असर तथा प्रभावहरू खेतीपातीमा क्रमशः देखिन थालेको छ । यसबाट खेतीपाती बचाउन के गर्ने सबैको टाउको दुखाइ बनेको छ । किनभने स्वस्थ र पोषणयुक्त खानेकुरा नखाए सामान्य मानिस पाच दिनभन्दा बढी बाच्न सक्दैन । सबैतिर प्रश्न उठ्न थालेको छ । विडम्बना, हामी भने अझै पनि सुतुरमुर्गले जस्तो टाउको लुकाएर बच्ने आशा पालिरहेका छौं । आम मानिस मर्नभन्दा बौलाउन निको भन्ने उखानको सहारा लिदै विषाक्त खाना खान बाध्य छन् । रसायन र विषादीमा आधारित व्यापारिक र नाफामुखी कृषि मानव स्वास्थ्यका लागि उपयुक्त नभएको निष्कर्षसहित यसलाई फेर्न दबाब पनि बढिरहेको छ ।
जैविक खेती,को विधि रासायनिक खेतीको विधिको तुलनामा बराबर वा अधिक उत्पादन दिन्छ अर्थात जैविक खेती मृदाको उर्वरता एवं कृषकहरूको उत्पादकता बढाउनेमा पूर्णतस् सहायक हो। वर्षा आधारित क्षेत्रहरूमा जैविक खेतीको विधि र पनि अधिक लाभदायक छ । जैविक विधि द्वारा खेती गर्नको लागि उत्पादनको लागत त कम हुन्छ नैं यसका साथै कृषकहरूलाई आय अधिक प्राप्त हुन्छ तथा अंतराष्ट्रीय बाजारको स्पर्धामा जैविक उत्पाद अधिक सही साबित हुन्छन्।स्वस्थ खानाका लागि पर्यावरणीय कृषि पद्धति अपनाउनुपर्ने कुरा संसारकै साझा अभियान दिगो विकास लक्ष्यले समेत सुझाएको छ । यो कुरालाई आत्मसात गर्दै हामीले समयमै अहिलेको खेतीपातीको बाटो फेर्न नसके केही दशकपछि अरुको सिको गर्दै लुरुलुरु पछि लाग्न बाध्य हुनुपर्ने पक्का छ । किनभने अहिलेको रसायन र विषादीमा आधारित खेतीपातीको कुनै भविष्य छैन । तर यो कुरा नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वले अझै राम्ररी भेउ पाउनसकेको छैन । त्यसमाथि विज्ञताको अहंकारले विवेक र बौद्धिकता दुबै गुमाउन पुगेका खेतीपातीका परामर्शदाताले यो नेतृत्वलाई झन् कुहिराका काग बनाएका छन् । त्यसैले त उनीहरू अहिले पनि रसायन र विषादीका आधारमा गरिने व्यापारिक खेतीपातीको पक्षपोषण गर्दै आम नागरिकलाई विषाक्त खानेकुरा खान बाध्य बनाइरहेका छन् ।
नेपालको कृषिले सही बाटो समात्न नसक्दा, अहिले कृषिमा आश्रित बहुसंख्यक समुदाय मुग्लान पस्न बाध्य भएका छन् । घरवार चलाउन विगत दुई दशकदेखि युवा किसान विदेशिने बाध्यकारी दुष्चक्र चलिरहेको छ । परिणामतस् स्थानीय जनजीवन बजारको नियन्त्रणमा पुगेको छ । अहिले आम मानिसहरू नगदमुखी, उपभोगमुखी र सहरमुखी बन्दै गएका छन् । अन्य उपाय नहुनेको पेसा बन्न पुगेको कृषि कर्म एकाएक महिला र वृद्धवृद्धाहरूको काधमा आइपुगेको छ ।